• ‘रजतपट’ कार्यक्रममा सहभागी नहुन चलचित्रकर्मीहरुलाई सात संगठनको आग्रह

    म्यूजिक खबर
    प्रकाशित: ३१ श्रावण २०७७, शनिबार

    काठमाडौँ – चलचित्र सम्बन्धित सात पेशागत संघ संगठनले एपीवान टेलिभिजनको कार्यक्रम रजतपटमा सहभागी नहुन चलचित्रकर्मीहरुलाई आग्रह गरेको छ। विज्ञप्ती जारी गर्दै नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्वन्द् संघ र चलचित्र नृत्य संघले संयुक्त विज्ञप्ती जारी गर्दै आग्रह गरेको हो।

    विज्ञप्तिमा भनिएको छ, “‘चलचित्र, चलचित्रकर्मी विशेषगरी नायिकाहरुलाई तुच्छ टिप्पणी गर्ने र हिंसाजन्य कृयालाप गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सबै चलचित्रकर्मीहरुले रजतपट, ग्ल्यामर गफल कार्यक्रममा प्रस्तुत विषयबाट उब्जिएको विवाद वार्ता वा कानुन मार्फत नसुल्झिएसम्म कुनै पनि सहभागीता नजनाउनुहुन सम्पूर्ण चलचित्रकर्मीहरुलाई अनुरोध गर्दछौं।”रजतपट कार्यक्रममा संचालक प्रकाश सुवेदीले नेपाली चलचित्रको अभिनेत्रीहरु लक्षित विवादित टिप्पणी गरेका थिए।

    अभिनेत्री पूजा शर्माको शारीरिक स्वरुपबारे प्रस्तोता सुवेदीले विवादित अभिव्यक्ति दिएका थिए। यी पेशागत संघसंगठनले अभिनेत्री शर्माले न्याय पाउनुपर्ने बताएका छन्। आफूप्रति गरिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै अभिनेत्री पूजाले नेपाल चलचित्र कलाकार संघ, महिला आयोग र प्रेस काउन्सिलमा पनि उजुरी दिएकी छिन्। प्रस्तोता सुवेदीको चर्काे आलोचना भएपछि उनले माफी पनि मागेका थिए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु