• संघको स्थापना दिवसमा ‘चलचित्रकोे प्रवद्र्धनमा कलाकारको भूमिका’ विषयक अन्तरक्रिया

    म्यूजिक खबर
    प्रकाशित: २७ भाद्र २०८१, बिहीबार
    Dinesh DC Basundhara Bhusal Neer Shah

    काठमाडौं । नेपाल चलचित्र कलाकार संघको ३६औँ स्थापना दिवसको अवसरमा संघले बुधवार चलचित्र विकास बोर्डको सभाकक्षमा चलचित्रकोे प्रवद्र्धनमा कलाकारको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाली चलचित्रका कलाकारहरुले चलचित्रकोे प्रबद्र्धनमा सहयोग नगरेको गुनासो सुनिएको बताएका छन् । पछिल्लो समय कलाकारहरुले आफैले स्टार स्वघोषणा गर्ने र त्यहि अनुसारको पारश्रमिक लिएर फिल्म रिलिजको समय प्रवद्र्धन र प्रचार प्रसारमा सहयोग नगरेको चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बताए ।
    कलाकार संघका बरिष्ठ उपाध्यक्ष शिवहरी बैरागीको संयोजकत्वमा एवं संघका महासचिव सबिन श्रेक्ष्ठको सह संयोजनमा आयोजित कार्यक्रमको प्रमूख वक्तासमेत रहेका बरिष्ठ चलचित्रकर्मी नीर शाहले सैद्धान्तिक र दार्शनिक दृष्टिकोणमा आधारित धारणा राखेका थिए । ’’अहिले कलाकारको विषयमा जति गुनासो आयो । त्यसको मुख्य कारण हामीले प्रतिपादन गरेका सैद्धान्तिक र दार्शनिक धरातल मेल नखानुको कारणले उत्पन्न भएको हो । यी समस्या यदि समाधान उन्मुख हुन्छन् भने त्यसलाई हामीले सैद्धान्तिक रूपबाट नै अन्त्य गर्न सक्छौ, अन्यथा असत्य गर्न सक्दैनौं । अहिले छलफलका विषय पनि सैद्धान्तिक र दार्शनिक हुन् भन्ने मैले अनुभव गरेको छु । सबैभन्दा हामीले कलाकार भनेको के हो भन्ने बुझ्नुपर्छ । कलाकारितामा लामो यात्रा गर्दा मैले अभिनयकला भनेको इम्प्रेसनहरुको एक्प्रेसन हो भन्ने बुझे । अर्थात प्रभावहरूको अभिव्यक्ति हो । कुनै न कुनै कुरामा प्रभावित नभई त्यो कुरा अभिव्यक्त गर्न सक्नुहुन्न । आफूलाई प्रभावित गर्ने कुरा जति राम्रोसँग गर्न सक्यो त्यो त्यति राम्रो कलाकार भयो । हामी के प्रभावमा परेका छौं, त्यो बुझेपछि मात्र प्रभावबाट मुक्त हुन सक्छौँ,’’नीर शाहले भने ।

    शाहले अहिलेको कलाकारहरुले पहिले कलाकारिता भनेको के हो ? र यसले कस्तो किसिमको जिम्मेवारी ग्रहण गर्छ ? भन्ने नबुझेको बताए । यदि उक्त कुराको ज्ञान सबैसँग भएको भए उनले नेपाली फिल्मको प्रवद्र्धनमा निरन्तर लागिरहने उल्लेख गरे । निर्देशक र प्राविधिकहरु विदेशी भए पनि पहिलो फिल्म आमामा शिवशंकर, बसुन्धरा भुषालहरुले सामाजिक यथार्थलाई बोध गरि फिल्म खेलेका कारण नेपाली फिल्मको विकासक्रम शुरु भएको र यसले कहिँ न कहिँ चलचित्रकोे विकास र प्रवद्र्धधन हुँदै आएको शाहले बताए ।

    कलाकारले फिल्म क्षेत्रको प्रवद्र्धधन त परै जाओस्, आफूले अभिनय गरेको चलचित्रको प्रवद्र्धधनमा समेत ध्यान दिन छोडेको संघसंस्थाका प्रतिनिधिहरुको आरोप छ । विशेष गरेर पछिल्लो समय भित्रिएका कलाकारमा यस्तो प्रवृत्ति हाबी रहेको उनीहरूको भनाई थियो । कार्यक्रममा अहिलेका कलाकारले संघ संस्थाको महत्व समेत नबुझेको चर्चा भयो । आफूहरूलाई अप्ठ्यारो पर्दा सम्झने, संघसस्थाले केही गरेन भन्ने र कार्यक्रम वा गतिविधिमा भने सहभागी नहुने गरेको धेरैको भनाई थियो ।
    यस्तै बरिष्ठ कलाकार बसुन्धरा भुषालले कलाकारिता क्षेत्रलाई कलाकार संघले संगठित गर्दै आएको बताईन् । फिल्म क्षेत्रलाई विकास बोर्डले सहकार्य गर्नुपर्ने पनि उनले बताईन् । ’चलचित्र विकास बोर्ड अन्तर्गतमा रहेको चलचित्रकर्मी कल्याणकारी कोषमाकालकारहरुको सहयोगको चासो नभएकोमाउनले दुःखव्यक्तगरिन् । ’’एउटा फिल्मको ५ सय दिए पनि अहिले चलचित्र कल्याणकारी कोष धेरै हुन्थ्यो । कलाकारलाई जब दुःख पर्छ कलाकार संघ चाहिन्छ । पारिश्रमिक रोकिन्छ कलाकार संघ चाहिन्छ । अहिलेका नायक, नायिका कार्यक्रममा नदेख्दा दुःख लागेको छ । कलाकार संघ बलियो भयो, हामी एक जुटभयौ भने सरकालाई दबाब दिन सक्छौ’’, कलाकार बसुन्धराले भनिन् ।

    कार्यक्रमका अध्यक्ष मोहन निरौलाले संघको इतिहासदेखि वर्तमानसम्मको अवस्था, समस्या र गतिविधिहरुको बारेमा चर्चा गरेका थिए । कलाकारहरुको क्षमता विकास, स्वास्थ्य अवस्था र पेशाकर्मीको सुरक्षा र अधिकारको लागि संघ लाग्दै आएको उनले बताए । पछिल्लो समय सरकारलाई स्वदेशी फिल्मको प्रबद्र्धन हुने गरि राष्ट्रिय चलचित्रको पक्षमा काम गर्न र कानून निर्माण गर्न चलचित्र विकास बोर्ड, सञ्चार मन्त्रालय र सम्बन्धित पक्षलाई निरन्तर आह्वान र खबरदारी गर्दै आएको अध्यक्ष निरौलाले बताए ।

    चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले आफु भर्खरै बोर्डमा आएकोले योजनाहरु बनाउने क्रममा रहेको बताए । उनले छिट्टै चलचित्र विधेयक र चलचित्र नीति पास गर्ने गरि प्रक्रिया शुरु गरेको पनि बताए । बहुबर्षिय योजनामा बनेपा फिल्म स्टुडियो निर्माण गर्ने भनिए तापनि आफ्नै कार्यकाल भित्र निर्माण सकिने गरि काम शुरु गर्न लागेको पनि अध्यक्ष डिसीले बताए । यस्तै आफ्नो दायित्व जे हो त्यहि मात्रै गर्नुपर्ने भन्दै अध्यक्ष डिसीले संघसंस्थालाई सहकार्य गर्दै आफ्नो अनुकुलको गतिविधिहरु गर्न सुझाव दिए । बोर्डले पनि आफ्नो काममात्रै गर्छ । फिल्म बनाउने, भ्यानिटी भ्यान किन्ने, पोष्ट ल्याव खोल्ने काम बोर्डको नभएको उनले बताए ।
    कार्यक्रमका अवसरमा चलचित्र बिकाश बोर्डका पूर्व अध्यक्ष कृष्णमल्ल, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चललचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधानले आफ्नो मन्तब्य राख्नुका साथै शुभकामना प्रकट गरेका थिए । कार्यक्रमको सभापति नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले स्वागत मन्तब्य गरेका थिए भने धन्यवाद ज्ञापन ३६औँ स्थापना दिवस आयोजक समीतिका संयोजक तथा नेपाल चलचित्र कलाकार संघका बरिष्ठ उपाध्यक्ष शिबहरी बैरागी नेपालले गरेका थिए ।

    नेपाल चलचित्र कलाकार संघको ३६औं बार्षिकोत्सव गत २३ गते नै परेको भए पनि सो दिन ऋषिपञ्चमी परेका कारण २६ गते संघले कार्यक्रम गरेको थियो । संघले बार्षिकोत्सवको अवसरमा २३ गते चाहि बृक्षारोपण कार्यक्रम गरेको थियो । वृक्षारोपण कार्यक्रममा अख्तियार अनुसन्धान आयोगकी आयूत्त माननिय सुमित्रा अमात्य, उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङ अतिथिका रुपमा थिए भने पत्रकार गोबिन्द चौलागाईको बिशेष पहलमा एवं निर्देशक लक्ष्मण सुवेदीको समन्वयमा भएको यस बृक्षारोपण कार्यक्रममा कलाकार सहित बिभिन्न समुदायको उपस्थिति रहेको कार्यक्रमको संयोजन कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवालले गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु