• विकास बोर्डमा १० युवालाई इन्टर्न गर्न पाउने व्यवस्था

    म्यूजिक खबर
    प्रकाशित: २२ भाद्र २०८१, शनिबार

    काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी आएलगत्तै युवा र विद्यार्थी लक्षित नयाँ कार्यक्रम अगाडि सारेका छन् । विकास बोर्डमार्फत् उनले युवा र विद्यार्थीलाई लक्षित गर्दै इन्टर्न गर्न पाउने व्यवस्था ल्याएका छन् । आवेदन दिएकामध्ये १० जनाले बोर्डमा इन्टर्न गर्न पाउने जनाइएको छ ।

    बोर्डले सूचना जारी गर्दै भनेको छ, ‘चलचित्र क्षेत्रको विकास विस्तार र प्रवर्द्धनका लागि यस चलचित्र विकास बोर्डबाट सम्पादन हुने काम कारवाही, अनुसन्धानमूलक कार्यहरू, तथ्यांक संकलन, सूचना प्रविधि सम्बन्धी, कार्यालय व्यवस्थापन सम्बन्धी कार्यहरूमा सघाउ पुर्‍याउने प्रयोजनका लागि ६ महिना अवधिका लागि निःशुल्क इन्टर्नसिप वा फेलोसिप स्वरूप कार्य गर्न चाहने २५ देखि ३५ वर्ष सम्मका उमेर समूहका युवा तथा विद्यार्थीहरूको लागि यो सात दिने सूचना प्रकाशित गरिएको छ ।’ यही भदौ २५ गतेभित्र आवेदन दिन बोर्डले आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु