• फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को आइटम गीतमा मिनाको स्वर र सन्तोषको संगीत

    म्यूजिक खवर
    प्रकाशित: १४ पुष २०७७, मंगलवार

    काठमाडौं । दिपेश सापकोटा निर्देशित फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को आइटम गीत सार्बजनिक गरिएको छ । ‘हलाल’ बोलको गीतमा गायिका मिना निरौलाको स्वर, बि. बि. थापाको शब्द र सन्तोष रजौरेको संगीत रहेको छ । गीतको एरेन्ज भने योगेश काजीले गरेका हुन् ।

    गीतको भिडियोमा अभिनेत्री सुष्मा कार्कीको नृत्य देख्न सकिन्छ । अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको यस फिल्ममा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेम्जोंग, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतको अभिनय रहेको छ । शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले यसै फिल्मबाट डेब्यु गर्न लागेका हुन् ।

    फिस्टेल मुभिजको ब्यानरमा बनेको फिल्मलाई यशाेदा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर फिल्मका सह-निर्माताहरु हुन् । केहि दिनमा नै फिल्मको प्रदर्शन मिति तोकिने निर्देशक सापकोटाले जानकारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु