भारतीय फिल्ममेकर अनुपम बर्वेको साथमा बोर्डको लेखन र निर्देशन कार्यशाला

म्यूजिक खबर
प्रकाशित: १ चैत्र २०७९, बुधबार
Barbe Film Maker

काठमाडौँ । चलचित्र विकास बोर्डले चलचित्रको पटकथा लेखन र निर्देशन बिषयमा तीन दिने बिशेष कार्यशाला आयोजना गर्ने भएको छ । विभिन्न पुरस्कारहरू विजेता भारतीय फिल्ममेकर तथा पूर्व एफटीआईआई ९फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे०का एसोसिएट प्रोफेसर अनुपम बर्वेको साथमा आगामी चैत्र ३ देखि ५ गतेसम्म कार्यशाला आयोजना हुन लागेको हो ।

बोर्डको ‍चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम अन्तर्गत आयोजना हुने यो कार्यशालामा सहभागि हुन कुनै शुल्क लाग्नेछैन । चलचित्र विकास बोर्डको हलमा हुने कार्यशाला दैनिक बिहान १०स्३० बजेदेखि दिउसो ३स्३० बजेसम्म सञ्चालन हुनेछ । कार्यशालामा सहभागिता जनाउन बोर्डको वेबसाइट तथा सोसल प्रोफाईलमा रहेको फारम भर्नुपर्ने हुन्छ । अथवा, ९८४१२९२४७१ नम्बरमा टेलिफोनमार्फत पनि आफ्नो नाम टिपाउन सकिनेछ ।

को हुन् अनुपम बर्वे ?

अनुपम बर्वे भारतको पुणे स्थित चलचित्र र थिएटर निर्देशक र चलचित्र शिक्षक हुन् । उनि पछिल्लो समय एफटीआईआई ९फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे०मा फिल्म निर्देशनको एसोसिएट प्रोफेसर रहेका थिए । उनले पुणे विश्वविद्यालयबाट बीए (पर्फमिङ्ग आर्ट) र लण्डनको वेस्टमिन्स्टर विश्वविद्यालयबाट एमए (फिल्म तथा टेलिभिजन निर्देशन) गरेका छन्।

उनि हाल यास्मिना रेजाको टोनी अवार्ड जितेको ब्ल्याक कमेडी ‘गड अफ कार्नेज’को मराठी रूपान्तरण नाटक ‘उछाड’को निर्देशनमा व्यस्त छन् । उनले मानसिक स्वास्थ्यमा आधारित ‘गोष्ट अहे पृथ्वीमोलाची’ नामक श्रृंखालाको ६ भागको निर्माण तथा निर्देशन गरेका छन् । उनले कामुकता र आत्म(प्रभावकारिता वरपरका कथाहरूमा आधारित ुसेफ जर्नीजु शीर्षकमा आठ भागको वेब सिरिजको निर्माण र निर्देशन पनि गरेका छन् ।

उनले निर्देशन गरेका फिल्महरुले लण्डन एशियन फिल्म फेस्टिभल, न्यूयोर्क इन्डियन फिल्म फेस्टिभल र लुम्स फिल्म फेस्टिभल, लाहोर जस्ता विश्वभरका फिल्म फेस्टिभल र प्रतियोगिताहरूमा प्रशंसा पाएका छन् । उनको फिल्म ुफ्रेस सुसाइडु ले गोवाको आए एफएफ आईमा गोल्डेन पाम ट्री अवार्डको लागि मनोनयनमा परेको थियो र अन्य केहि फेस्टिभलहरुमा विभिन्न पुरस्कार जितेको छ । फिल्म ‘सो ह्वाट’बाट उनले स्मिता पाटिल फिल्म फेस्टिभल, पुणेमा उत्कृष्ट निर्देशकको अवार्ड पनि जितेका छन् ।

साथै, अमिताभ घोषको उपन्यासको रूपान्तरण गरि उनले बनाएको फिचर फिल्म ुद स्याडो लाइन्सु ले सन् २०१२ मा भेनिस फिल्म फेस्टिभल र इन्टरनेशनल फिल्म फेस्टिभल अफ इन्डियामा आयोजित एनएफडीसीको पटकथा लेखकहरूको प्रयोगशालामा छनौटमा परेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु