ज्योति फिल्मस् म्युजिक अवार्ड सम्पन्न !

म्यूजिक खबर
प्रकाशित: ४ फाल्गुन २०७६, आईतवार

‘पुराना कलाकारलाई सम्मान,नयाँलाई प्रोत्साहान’ भन्ने मुल नाराका साथ ज्योति फिल्मस प्रालिको आयोजनामा राष्ट्रिय नाच घर जमलबाट ज्योति फिल्मस् म्युजिक अवार्ड भब्य रुपमा सम्पन्न भएको छ । सहरी बिकास राज्यमन्त्री राम वीर मानन्धरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अवार्ड कार्यक्रममा ७ जना चर्चित पत्रकारहरु कृष्ण भट्टराई, सुमन बैरागी, राजु बोहरा, अरबिन्द्र गौतम, सन्तोष दाहाल, शिबराम भण्डारी र बर्षा सिलवाल सम्मानित हुनु भएकको थियो ।

ज्योति फिल्मस् म्युजिक प्रालिको दशौ वर्षको अवसरमा प्रथम ज्योति फिल्मस म्युजिक अवार्ड गरिएको थियो भने विभिन्न विधामा उत्कृष्ठ ५ मनोनयन सार्वजनिक गरी ४२ विधा बाट उत्कृष्ठमा परेका परेका श्रष्ठाहरुलाई अवार्ड र प्रमाण पत्र वितरण कार्य सम्पन्न गरिएको छ । उक्त कार्यक्रमा सांगीतिक क्षेत्रका बरिष्ठ व्यक्तित्वहरुको उपस्थिति समेत रहेको थियो भने अवार्ड कार्यक्रमलाई विभिन्न राष्ट्रिय टेलिभिजन र रेडियो बाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु