• असार २५ गते हुने “एकल लोक गायन प्रतियोगिता – २०७९” को यस्तो छ तयारी र नियम

    म्यूजिक खबर
    प्रकाशित: २४ असार २०७९, शुक्रबार

    काठमाडौं । “हाम्रो अभियान अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित “एकल लोक गायन प्रतियोगिता – २०७९” हुने भएको छ ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा यहि असार २५ गते शनिबारका दिन प्रतियोगिता हुने भएको हो ।

    यस प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार रुपैयाँ र गीतको अडियो भिडियो निर्माण, द्धितीय पुरस्कार १५ हजार रुपैयाँ, तृतीय पुरस्कार १० हजार रुपैयाँ तोकिएको छ । प्रतियोगिता मधुवन रोधी घर, मित्रनगर बसपार्क, काठमाडौंमा हुने भएको छ ।

    “एकल लोक गायन प्रतियोगिता – २०७९” लाई अहिले समयको अभाव र छोटो समयमा प्रतियोगिता सम्पन्न गर्नु पर्ने भएको हुँदा संस्थागत प्रतियोगिता गराईएको सोही समितिका अध्यक्ष सुजन बराईलीले बताएका छन् । प्रतियोगितामा प्रतिष्ठानमा आबद्ध भएको ब्यक्तिले मात्र भाग लिन पाउने छन् ।

    प्रतियोगितामा भाग लिन शाखा तथा अन्य समितीले प्रतियोगी पठाएको जानकारी गराउदै पत्र सहित प्रतियोगी पठाउनु पर्ने नियम रहेको कुरा अध्यक्ष सुजन बराईलीले जानकारी गराए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु