यो साता ३ चलचित्र प्रदर्शनमा – ‘सुश्री सम्पत्ति’, ‘डोली’, र ‘कथा ७२’

म्यूजिक खबर
प्रकाशित: २८ मंसिर २०७५, शुक्रबार

फ्राइडे रिलिजअन्तर्गत शुक्रबारदेखि हलमा तीन नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र हुन् –‘सुश्री सम्पत्ति’, ‘डोली’, र ‘कथा ७२’ ।

कमेडी कथामा ‘सुश्री सम्पत्ति’: 
सुव्रतराज आचार्य निर्देशित ‘सुश्री सम्पत्ति’ कमेडी जनरामा निर्माण भएको चलचित्र हो । चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाइली र विनोद न्यौपानेको मुख्य भूमिका रहेको छ । एक युवतीको पछाडि दौडने युवाहरूको कथालाई प्रस्तुत गरिएको चलचित्रमा कमेडीसँगै सामाजिक कथावस्तुलाई पनि उठान गरिएको छ ।
सलोन, सारा र विनोदका साथमा चलचित्रमा प्रमोद अग्रहरि, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठको साथमा नायिका प्रियंका कार्की अतिथि भूमिकामा छिन् । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन, अर्जुन तिवारीको छायांकन छ । रमेश त्वयना यो चलचित्रको प्रस्तुतकर्ता हुन् ।

सामाजिक प्रेमकथामा ‘डोली’:

शुक्रवारबाटै प्रदर्शनमा आएको ‘डोली’ सामाजिक प्रेमकथामा बनेको चलचित्र हो । यसअघि ‘बृन्दावन’ निर्देशन गरेका निर्देशक राजबहादुर सानेले चलचित्रको निर्देशन गरेका छन् ।

चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाईँ, प्रिया रिजाल, सानिया खान, संगीता नापित, अर्जुन गुरुङ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ । किरण नेपालीले निर्माण रहेको चलचित्रको कथा निर्देशक राजबहादुर स्वयंमले लेखेका हुन् ।

‘डोली’मा बाबुल गिरी, सिडी अधिकारी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । चलचित्रमा शंकर महर्जनको द्वन्द्व, श्रीकृष्ण परियारको कोरियोग्राफी, तारा थापा ‘किम्भे’को सम्पादन छ ।

भूकम्पको कथामा ‘कथा ७२’:

२०७२ सालको महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि बनेको चलचित्र ‘कथा ७२’लाई प्रवीण स्याङ्बोले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा रंगमञ्चमा अभिनयको पृष्ठभूमि बनाएका कलाकारहरू आकाश मगर, सुप्रिया राना, भुइसाल लामा, पाल्मो सन्जु, केदार श्रेष्ठ, शारदा अधिकारी लगायतको अभिनय छ ।

चलचित्रलाई आकाश पौडेल, सुशान्त श्रेष्ठ, प्रवीण स्याङ्बो, रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् । लोकल सिनेमा प्रालिको निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको चलचित्रलाई चिन्तन राजभण्डारीले खिचेका हुन् ।

चलचित्र सार्वजनिक प्रदर्शनअघि हालै सम्पन्न अन्तर्राष्ट्रीय पर्वतीय फिल्म फेस्टिभल ९किम्फ०मा नेपाल प्रिमियर गरिएको थियो ।

यो चलचित्र डर्बन इन्टरनेशनल फिल्म फेस्टिभल (दक्षिण अफ्रिका), सिकागो इन्टरनेशनल फिल्म फेस्टिभल (अमेरिका), हनोइ इन्टरनेशनल फिल्म फेस्टिभल ९भियतनाम०, सियाटल इन्टरनेशनल फिल्म फेस्टिभल ९अमेरिका०मा पनि छनोट भई प्रदर्शन भइसकेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु