मदनकृष्ण र मिथिला अभिनित फूलबुट्टे सारीको लिजेन्ड्री भर्सन

म्यूजिक खबर
प्रकाशित: ४ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । बजारमा आएको धेरै पनि भाइरल बनेको गीत ‘फूलबुट्टे सारी’ को लिजेन्ड्री भर्सन बजारमा आएको छ । जुन गीत कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा सार्वजनिक भएको हो । ‘फूलबुट्टे सारी सपक्क पारी’ गीत राजन राज सिवाकोटीको शब्द र संगीतमा मेल भर्शन, फिमेल भर्शन र बेबी भर्शनमा गाइएको गीत लिजेन्ड्री भर्सनमा भने मदनकृष्ण श्रेष्ठले गाएका हुन् । जस गीतमा गायक मदनकृष्ण श्रेष्ठ र अभिनेत्री मिथिला शर्मा अभिनित छन् ।

हालसम्म यो गीत मार्मिक लामा, मिलन नेवार, अरिश्मा सिवाकोटीको स्वरमा रेकर्ड भइसकेको छ । मेल, फिमेल, चाइल्ड भर्सन निकालिसकेका यस गीतका संगीतकार तथा गीतकार राजनराज शिवाकोटीको यो गीतले करोडौं भ्यूज नाघिसकेको छ ।

मंगलबार बिहान सरस्वती पूजाको साइत पारेर मदनकृष्ण श्रेष्ठको स्वरमा यही गीतको नयाँ भर्शनमा सार्वजनिक भएको छ । सार्वजनिक भएको भिडिओमा मदनकृष्ण श्रेष्ठको स्वरसँगै अभिनयमा अभिनेत्री मिथिला शर्मा र मदनकृष्णको जोडीलाई हेर्न सकिन्छ ।

मंगलबार गीत सार्वजनिक भएको बताउँदै श्रेष्ठले ‘पार्केन्शन को कारण मैले गायन क्षेत्रबाट करिब(करिब बिदा नै लिईसकेको थिएँ तैपनि राजन राज शिवाकोटी भाईले ल्याउनु भएको प्रस्तावलाई नकार्न मन लागेन । एक पटक कोशिस गरेर हेरूं न त जस्तो लाग्यो र प्रयास गरेँ’ समाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु