
तिमी छैनौ जानेर नि , किन किन रात आउँछ
मेरो निन्द्रा भोक प्यास, चोरी लिन रात आउँछ
बढेको छ मुटु धड्कन, सुक्खा छन् यी ओठहरु
आलो घाऊमा नुन खोर्सानी, थपिदिन रात आउँछ !
तिमीसँग कल्पनामा, रम्ने रहर घटी सक्यो
बेहाल मेरा सपनासँग, बजारिन रात आउँछ
घडी पला वर्ष जस्तो, बर्ष किन बिकट लाग्छ
उज्यालोमा जिउन खोज्छु, छिनका छिन रात आउँछ !
बिर्सीदिँऊ आफैलाई , काँही कोहि खुसि छैन
फेरी मिठो सम्झना लिई, त्यो रंगिन रात आउँछ !!
– AP “मिलन” (अग्नी राजनाथ शर्मा)