• बर्बाद भए गजित

    म्यूजिक खबर
    प्रकाशित: १५ फाल्गुन २०७०, बिहीबार

    काठमाडौं, १५ फागुन । गजित विष्ट अहिलेका चर्चायोग्य नायक अर्थात् सबैका सामु मिलनसार, मिजासिला, सरल स्वभावका नायक हुन् । पछिल्लो समय उनले डेब्यू गरेको चलचित्र मायाजबारबाट उनलाई एकैचोटी उचाइमा पु¥याइदियो । त्यसपछि उनी चलचित्रमा व्यस्त नायकका रुपमा पनि परिचत भए । उनले लगातार चलचित्र सुपारी, गल्ली, तोरी लाहुरे लगायतका चलचित्रमा अभिनय पनि गरे । तर यतिखेर गजित म्यूजिक भिडियोतिर लागेपछि बर्बाद भएछन् ।
    उनी नराम्रो काम गरेर भने बर्बाद भएका होइनन् बर्बाद भएँ बोलको गीतबाट अवार्ड चुमेका मात्रै हुन् । यसै हप्ता राष्ट्रिय रापती म्युजिक अवार्ड २०७० बाट बर्बाद भएँ गीतमा म्यूजिक भिडियो मोडल पुरुष विधातर्फ उत्कृष्ट मोडलको अवार्ड पाए । बर्बाद भएँ गीतबाट उत्कृष्ट भएका गजितले गत वर्ष एचटीभी फिल्मीखबर डिजिटल फिल्म अवार्डबाट पनि उत्कृष्ट नवनायकको अवार्ड चुमिसकेका छन् ।
    खोजी प्रतिभाको रियालिटी शोबाट आफ्नो कलाकारितालाई बलियो बनाउन सफल भएका गजित बिष्ट उक्त शोमा सेकेन्डसमेत भएका थिए । यसो त गजित एक उत्कृष्ट डान्सर पनि हुन् । नृत्यमा पारंगत भएका नायक गजित विष्टले पछिल्लो समय अवार्ड चुम्न थालेका छन् । सबैका प्रिय एवं अभिनयमा पोख्त रहेका गजितको नृत्य हेर्न मान्छेलाई आतुर भइरहेको हुन्छ । देशदेखि विदेशसम्म नृत्य प्रस्तुत गरिहेका गजितको नृत्यले आजभोलि नेपालमा हुने प्राय कार्यक्रम अधुरो भएको महसुस हुन थालेको छ । त्यसैले होला प्रत्येक अवार्ड कार्यक्रमहरुमा उनको नृत्य हेर्न पाइन्छ । उनको नृत्यले धेरैलाई मनोरञ्जन दिएको हुन्छ साथै उनका नृत्यले सबैलाई फरक फरक स्वाद दिइरहेको हुन्छ । उनको साथमा उनका भाइ गम्भीर विष्टले पनि उत्तिकै साथ दिएका छन् । गम्भीरको कोरियोग्राफ बिना आफू नाच्न नै बिर्सन्छु जस्तो लाग्छ, उनी भन्ने गर्छन् । त्यसैले आजभोलि गम्भीर र गजित पनि सँगै नृत्य गर्न थालेका छन् । यसरी हेर्दा अब उनको कलाकारिता यात्रा भनेको उचाइतिर मात्रै लागिरहेको देखिन्छ ।

    gajit1 gajit

    HTV Filmykhabar Digital Film Award-Debut  Hero Award

    gajit_bista

     Khoji Pratibhako – First Runner up

     

    [youtube]https://www.youtube.com/watch?v=5DX4KJ4Zhz4[/youtube]

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु