गणेश चौलागाईको ‘दुश्मन’ गजलमा राजकुमारको संगीत एवं राज सिग्देलको स्वर

म्यूजिक खबर
प्रकाशित: १२ मंसिर २०८०, मंगलवार

काठमाडौं । लोकप्रिय गीतकार गणेश चौलागाईं गजलमार्फत् पछिल्लो समयमा उपस्थित भएका छन् । लोकदोहोरीमा अब्बल गीतकारको परिचय बनाएका चौलागाईंले पछिल्लो समयमा गजल लेखनमार्फत बजारमा उपस्थिति जनाएका हुन् । चौलागाईंको गजललाई राजकुमार बगरले संगीत भरेका छन् भने लोकप्रिय गायक राज सिग्देलले स्वर दिएका छन् । ‘दुश्मन खुशी’ गजलमा आफ्नो जीवनमा आइपरेका खुशीहरु पनि गुमेपछि कसैको याद र प्रेम वियोगसँग अभिव्यक्त गरिएको कथावस्तुलाई प्रस्तुत गरिएको छ ।
यस गीत गजलको भिडियोमा एल.बी. विश्वकर्मा, महिमा न्यौपाने र पुष्पा महर्जनको अभिनय रहेको छ । भिडियोलाई राज केसीले निर्देशन गरेका छन् भने शोबित मगरले सम्पादन गरेका छन् । भिडियो विन्दवासिनी म्यूजिकको यूट्यूबबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु