• कौडा किङ गणेश भए म्युजिक भिडियोमा मोडल (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: ८ पुष २०७५, आईतवार

    काठमाडौं । कौडा किङ्ग भनेर चिनिने गायक गणेश गुरुङ म्युजिक भिडियोमा मोडलको रुपमा देखिएका छन्। केहि दिन अघि सार्वजनिक भएको मानित गुरुङ र शान्ति गुरुङको स्वरमा रहेको गुरुङ भाषाको गीत ङ्ग्यो तमु मै ला मा उनि मोडेल को रुपमा देखिएका हुन्।

    शान्ति गुरुङ गुरुङ भाषाको चर्चित गायिका हुन् भने मानित गुरुङले पहिलो पटक गुरुङ गीत आफ्नै संगीतमा गायका हुन्। यसै गरि खेम गुरुङ, सरु गुरुङ र बिनिता गुरुङको समेत यस गीतमा नृत्य देख्न सकिन्छ।

    मनाङ्ग गुरुङले निर्देशन गरेको यस म्युजिक भिडियोलाई खेम थापा मगरले खिचेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेको छ।

     

     

    मेलिना राईले गाइन् पहिलोचोटी कौडा गीत (भिडियो हेर्नुहोस्)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु