मौलिक गीत ‘सल्ला धुपैले’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ५ चैत्र २०७५, मंगलवार

काठमाडौं । कौडा किङ सर्जक तथा गायक गणेश गुरुङको आफ्नो पुरानो मौलिक ‘सल्ला धुपैले’ बोलको लोक तथा दोहोरी गीतलाई पुनः सार्वजनिक भएको छ ।
‘सल्ला धुपैले’मा कौडा किङ सर्जक तथाको स्वरमा रहेको छ । यस गीतमा शब्द गणेश गुरुङले नै शंकलन गरेका हुन् भने, लय पनि कौडा किङ गुरुङले नै भरेका हुन् ।
जसमा कमल सौरागको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोतर्फ चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा भिडियो निर्माण भएको छ । जसमा खेम गुरुङ, बिनित गुरुङ र साथीहरुको नृत्य तथा सशक्त अभिनय रहेको छ ।
उक्त मौलीक गीतको म्युजिक भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका हुन् । ‘सल्ला धुपैले’ गीतलाई बिष्णुमाया गुरुङको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
‘सल्ला धुपैले’ गीत नेपाली पन झल्कने झ्याउरे भाकामा समावेश रहेको मौलीक गीत हो । यस गीतले छोटो समयमा नै दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ ।

भिडियो लिंक

गणेश गुरुङको मौलिक कौडा गीत ‘तल्लो ग्याझा गावै रमाइलो’

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु