प्रेम दिवसको दिन गणेशले ल्याए प्रेमिल गीत ‘साँझ विहान’

म्यूजिक खबर
प्रकाशित: ३ फाल्गुन २०७७, सोमबार

‘साँझ बिहान भेट्न आउनू पानी पँधेरीमा
हाटबजार, मेलापात, भञ्ज्याङ् अनि चौतारीमा’

नेपाली सुगम सङ्गीतको महिला गायनमा बेग्लै छवि बनाएकी गायिका मेलिना राइको सुमधुर आवाजमा सुसज्जित उपरोक्त प्रेमिल गीत अब अस्ट्रेलियामा छायांकन भएर बजारमा आएकोछ । गीतकार गणेश खड्काको शब्द, दिप घतानीको संगीत तथा महाराज थापाको सङ्गीत संयोजनमा रेकर्ड भएर अडियो सार्वजनिक भएलगत्तै अस्ट्रेलिया निवासी सङ्गीत पारखी सुशील श्रेष्ठले यसको भिडियो निर्माण गर्ने उत्सुकता देखाए िगीतको शब्द, भाव, सङ्गीत र स्वरले मन खिचेपछि उक्त गीतको भिडियो निर्माणको जिम्मा लिए ।


गाउँले अर्गानिक प्रेम कथामा आधारित झर्रा नेपाली गीतको छायांकन भौतिक विकासको चरम यात्रामा अभ्यस्त अस्ट्रेलियामा गर्नु सहज त थिएन तर यसलाई सम्भव बनाइदिए अस्ट्रेलियाको डार्बिन निवासी प्रस्तुतकर्ता सुशील श्रेष्ठ, निर्देशकद्वय वीपी भण्डारी, श्रद्धा बराल र टिमले । यो म्युजिक भिडियोको निर्मात्री बिन्दु गुरुङ श्रेष्ठ रहेकीछिन् । श्रद्दा बरालको कोरियोग्राफी रहेको प्रस्तुत भिडियोमा दिनेश परियार र सुस्मिता बरालको मुख्य भूमिका छ भने बालकलाकार अल्बिना श्रेष्ठको सटिक अभिनयले गीतलाई जीवन्त बनाउन मद्दत गरेकोछ िअस्ट्रेलियाबाट नेपाली परिवेश दिनका निम्ति त्यहाँका ग्रामीणक्षेत्रमा पुगेर लोकेशन चयन गरेको प्रस्तुतकर्ता सुशील श्रेष्ठले बताए । अस्ट्रेलियाको एक प्रमुख पर्यटकीयस्थल लिचफिल्ड र बोटानिकल गार्डेनका दृश्यहरुले गीतको प्रस्तुतिलाई झनै जीवन्त बनाएकोछ । साहित्यकार गणेश खड्काले सेसेल्सबाट गीत लेखे, दिप घतानी र मेलिना राईले नेपालबाट सङ्गीत र गायन गरे अनि सुशील श्रेष्ठ र वीपी भण्डारीको टिमले अस्ट्रेलियाबाट म्युजिक भिडियो बनाए । नेपाली गीत(सङ्गीतप्रेमी दर्शकका लागि यो एक नौलो र उत्साहप्रद सांगीतिक सामग्री हुन सक्छ । संजय राई ‘छुच्चा’को प्रोमोटिङ् र मार्केटिङ् रहेको प्रस्तुत प्रेमिल गीत १४ फेब्रुअरी २०२१ प्रेम दिवसकै दिन अस्ट्रेलियाबाट विश्वव्यापी रुपमा सार्वजनिक गरिएकोछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु