• वरिष्ठ संगीतकार, गायक तथा साहित्यकार गणेश रसिकको निधन

    म्यूजिक खबर
    प्रकाशित: १९ जेष्ठ २०८२, आईतवार १९:३७

    काठमाडौँ । वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ। क्यान्सरपीडित रसिकको आइतबार नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा निधन भएको संगीतकार बुलु मुकारुङले जानकारी दिए। ७८ वर्षीय रसिक पाँच वर्षदेखि क्यान्सरबाट पीडित थिए।

    छोरी बेलायतबाट आएपछि मात्र उनको अन्त्येष्टि गरिने भएको छ। त्यतिन्जेलसम्म उनको शव त्रिवि शिक्षण अस्पतालको शवगृहमा राखिने मुकारुङले बताए।

    परिवारको जेठो छोरा रसिकका कान्छा भाइदेखि छोरासम्मको निधन भइसकेको छ। माइँला भाइ नेपाल प्रहरीको इन्सपेक्टर थिए, माओवादी द्वन्द्वकालले ज्यान लियो। साहिँला भाइ दुर्घटनामा बितेका थिए। कान्छा भाइको पनि मृत्यु भइसकेको छ। केही वर्षअघि छोरा गुमाएका रसिककी श्रीमती पनि २०७७ सालमा कोभिडका कारण बितेकी थिइन्। उनी परिवारमा बुहारी र नातिनीका साथ बस्दै आएका थिए।

    रसिक गायक, संगीतकार, साहित्यकारका कलासाहित्यसँग सम्बन्धित विभिन्न संस्थाको नेतृत्वमा रहेर काम गरेका व्यक्तित्व हुन्। रसिकका ‘रातो भाले क्वाँया क्वाँया’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’ चर्तित गीत हुन्। साथै उनी सांगीतिक समूह लेकाली समूहका संस्थापक पनि हुन्।

    उनका ‘क्षितिजलाई छुन खोज्दा’ ९कथासंग्रह० २०२४, ‘एउटा सारंगी छुन खोज्दा’ ९कथासंग्रह० २०२७, ‘रसिकका गीतहरू’ ९गीतसंग्रह० २०४५, ‘आकाशगंगाको ओतमुनि’ ९उपन्यास० २०४८, ‘जब सिस्नुहरू टेक्दै हिँडे’ ९संस्मरण० २०५५, ‘बिलाउँदै गएका गीत’ ९कथा संग्रह० २०५८, ‘दसगजामा उभिएर हेर्दा’ ९उपन्यास० २०६३, ‘स्वाधीनताको पीडा’ ९गीतसंग्रह० २०६८, पेरुंगो संस्करण ९पाँच कृति० २०७३ लगायत प्रकाशित छन्।

    रसिकले रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक ९२०३८(२०४००, सांस्कृतिक संस्थानको महाप्रबन्धक ९२०४०(२०४६०, साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक ९२०५२(२०५५०, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्यसचिव ९२०७२(२०७५०जस्ता प्राज्ञिक संस्थानहरूको उच्च ओहोदाका गहन जिम्मेवारी निर्वाह गरेका थिए।

    भोजपुर छिनामखु नौलेगाउँमा जन्मिएका गणेश रसिकको वास्तविक नाम गणेशकुमार राई हो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु