गंगा पुनले किन पाएनन् ‘भुल्न सक्ने’ (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: २४ फाल्गुन २०७६, शनिबार
Ganga Pun

काठमाडौं । लोक दोहोरी गायनमा स्थापित भएका गायक गंगा पुनले सांगीतिक क्षेत्रमा लागेर भुल्न सक्ने अहिलेसम्म किन भेटेका छैनन् । गायक पुनले जति भेटे सबै मनभित्र बस्ने भेटे तर गीतसंगीतमा भने उनको भुल्न सक्ने गीतले क–कसलाई मनमा राख्न सक्छ वा भुल्न सक्छ त्यसको समय आइसकोको छ ।


गायक गंगा मगरको नयाँ सांगीतीक कोसेली ‘भुल्न सक्ने’ गीत बजारमा आइसकेको छ । यस गीतमा गंगा पुन मगरको स्वर रहेको छ भने दिवान किनारको शब्द, संगीत तथा एरेञ्ज रहेको छ ।

उनै गायक गंगा पुन मगरको निर्देशन रहेको गीतमा करण चैशिरको छायांकन, उत्तम कुमार कार्कीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा पिएन सापकोटा र एलिना गुरुङको अभिनय रहेको छ । भिडियोलाई गंगा पुनले आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु