नेपाल आइडल विजेता गंगा सोनामको पहिलो गीत ‘गुनासो’

म्यूजिक खबर
प्रकाशित: २० भाद्र २०८२, शुक्रबार १९:३५

काठमाडौं । नेपाल आइडल सिजन ६ की विजेता गायिका गंगा सोनामको पहिलो गीत ‘गुनासो’ सार्वजनिक भएको छ । गीतकार प्रदीप चापागाईँको शब्द शब्द र लेखु सहयात्रीको संगीत रहेको गुनासोमा गंगाको स्वर गुन्जिएको छ ।
गंगाको एकल स्वरमा रहेको गुनासो गीतको म्युजिक भिडियोमा अभिनेता राज कटुवाल र सनिशा भट्टराईको अभिनय छ। गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । उत्सव दाहालको सिनेमाटोग्राफी र विकास धमलाको सम्पादन रहेको भिडियोलाई गीतकार प्रदीप चापागाईँको अफिसियल युट्युब च्यानल प्रदिप चापागाईंबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु