• Music Khabar Music Awards
  • चर्चित मोडलद्वय गीता राई र सगुन श्रेष्ठलाई लाग्यो तीज

    म्यूजिक खवर
    प्रकाशित: २९ असार २०७६, आईतवार

    चर्चित मोडल द्वय गीता राई र सगुन श्रेष्ठ अभिनित तीज गीतको म्युजिक भिडियोको सुटिङ हिजो सम्पन्न भएको छ । बिष्णु न्यौपानेको शब्द र खेम राज पौडेलको लयमा तयार गरिएको सो तीज गीतमा लोक गायिका सुनिता सुनार र गायकखेमराज पौडेलले स्वर दिएका छन् भने बसन्त लामाको निर्देशन र बिष्णु सेवाले छायांकन गरिएको उक्त भिडियो चितवनको चोक बजार स्थित रोयल बेंकेट पार्टी प्यालेशमा छायांकन गरिएको थियो ।

    एक जमना म्युजिक भिडियो तर्फ बलियो खम्बाको रुपमा आफुलाई स्थापित गराइ सकेकी झन्डै सात सय म्यूजिक भिडियोमा अभिनय गरी सकेकी चर्चित मोडल गीता राई अझै पनि म्युजिक भिडियो प्रती समर्पित भइ आम दर्शक माझ पुगी रहन सक्ने जोस जाँगर रहेको बताउँछिन् भने हजार बाह्रसय भन्दा बढी म्युजिक भिडियोमा आफ्नो अभिनय तथातीन चार सय म्युजिक भिडियोको निर्देशान गरी सकेका चर्चित मोडल सगुन श्रेष्ठको पनि उस्तै जोस जाँगर रहेको बताउँछन ।

    गीता राइले अभिनय गरेका तिते करेलीले, झिम झिम सानु, पछेउरी लेउ बैना, निस्ठुरी मायालु, जस्ता दर्जनौ गीत हरु सुप्पर हिट भएका थिए भने सगुन श्रेष्ठ द्वारा अभिनित, छम छम पाउजुले, डाँडै काटी जाउ बरु निर्माया, यो मोबाइल फोनले, स्याङजालीलाइ नभन झाली, बोले हुन्छ बरु मुख खोलेर, साइनो ला इदेउन, बोले हुन्नर, सिलाइदिउला भोटो, जाम त भने बनको बाटो, हिमाल राम्रो हिउले जस्ता दर्जनौ गीतहरु सुप्पर हिट भएका थिए । मोडलद्वय अब हामी पुन आफ्नो कर्मलाई निरन्तर्ता दीई दर्शक सामु आइरहने बताउँछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु