गीतकार संघ नेपालको चौधौं वार्षिक साधारण सभा सम्पन्न

म्यूजिक खबर
प्रकाशित: २७ आश्विन २०८०, शनिबार

काठमाडौं । नेपाली गीतकारहरुको छाता संगठन गीतकार संघ नेपालले आफ्नो चौधौं साधारणसभा सम्पन्न गरेको छ । गत शुक्रबार जमलस्थित सांस्कृतिक संस्थानको हलमा कार्यक्रमको आयोजना गर्दै संघले चौधौं साधरणसभा सम्पन्न गरेको हो ।
संघका अध्यक्ष बसन्त बित्यासी थापाको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै उक्त सभामा वरिष्ठ गीतकार एसपी कोइरालाको विशिष्ट अतिथिको आतिथ्यता गरेका थिए ।
उद्घाटन सत्र र बन्द सत्र गरी दुई सत्रमा सम्पन्न भएको थियो ।

संगीतकार संघ नेपालका अध्यक्ष एवं प्राज्ञ चेतन सापकोटा, सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान संगीत रोयल्टी संकलन समाजका महासचिव बि पाण्डे, गीतकार संघका पूर्व अध्यक्ष चुडामणी देबकोटा, बरिष्ठ गीतकार विश्व वल्लभ, गीतकार एसपी कोइराला, अमर बान्तु, लगायतका स्रष्टाहरुको आतिथ्यतामा रहेको थियो । सबै अतिथिहले शुभकामना सहितको मन्तव्य राखेका थिए ।

अक्षयकोष संरक्षकका तर्फबाट अमर वान्तुले मन्तव्य राखेका थिए । सबै अतिथि वर्गले शुभकामना दिने क्रममा सङ्घको चौधौं वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै सङ्घले गर्दै आएको प्रयासहरुका बारेमा चर्चा गरेका थिए । गीतकार संघको यो कार्यसमितिले गर्दै आएको कामहरुको प्रंशसा गरिएको थियो ।

गीतकार धु्रव प्रसाद अम्गाईंद्वारा सङ्घले प्रदान गर्ने सम्मान तथा पुरस्कारमा नयाँ अक्षयकोषको स्थापनाको घोषणा गरेका थिए ।

साधारणसभामाको दोस्रो सत्रमा विधान सम्बन्धी विभिन्न प्रस्तावहरुमाथि छलफल गरी पारित गरिएको थियो । दोश्रो सत्रमा कोषाध्यक्ष चेतन खतिवडाले कोषको प्रतिवेदन पढेर सुनाएका थिए भने महासचिव टिका राई शिवले संघले गरेको विभिन्न गतिविधिका बारेमा तयार पारेको प्रतिवेदन सार्वजनिक गरेका थिए । प्रस्तावित बुँदामाथि फ्लोरमा छलफल गरि पारित गरिएको थियो ।
गीतकार सङ्घका उपाध्यक्ष रमेश कोइरालाले कार्यक्रमको सहजीकरण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु