
काठमाडौं । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन ‘बिगेसो’को आयोजनमा राजधानीमा शुक्रबार ‘वैचारिक साँस्कृतिक कार्यक्रम’ सम्पन्न भएको छ । गेसोका अध्यक्ष पद्मसुन्दर लिम्बुको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संयोजक मनु लिम्बु हुन् ।
नेवारी, गुरुङ, मगर, लिम्बु, राई जातिको आआफ्नो भेषभुषमा सजिएका झाँकी प्रदर्शनबाट सुरु भएको कार्यक्रममा प्रज्ञा भवनको हल दर्शकले खँचाखच भरिएको थियो । कार्यक्रममा नेपाली युवा बिभिन्न मुलुकमा सैनिक, पुलिसमा भर्ति भएर ति देशहरुमा पुर्याएको योगदान, दुखकष्ट र ब्रिटिस सरकारले गरेको बिभेदपूर्ण ब्यवहारको बारेमा आधारित सन्देशमुलक बृत्तचित्र ‘जित्नेहरुको हारेको कथा’ प्रदर्शन गर्नुका साथै एउटा लाहुरे पल्टनबाट पर्कदा के कस्तो अवस्थामा आफ्नो भुमिमा टेक्न आईपुग्छ र उसको भोगाईलाई समेटेर तयार पारिएको मर्मस्पर्धी नाटक ‘मुक्ति’ मञ्चन गरेको थियो ।
कार्यक्रम यासेली योङहाङ्गले सञ्चालन गरेका थिए भने जिवन शर्मा, शम्भु राई, दिपक लिम्बु, केशु पुन, देशु सुहाङ, मुमा शेर्पा, लक्ष्मी योङ्हाङ्ग लगायत दर्जन बढी चर्चित कलाकारले आआफ्ना प्रस्तुति मार्फत उपस्थित दर्शकहरुलाई थप रमोरञ्जन प्रदान गरेको थियो ।