• गायक आरके गुरुङ र मनोज केसीको फरक प्रस्तुति ‘घर त गैरी गाउँ’

    म्यूजिक खबर
    प्रकाशित: १४ माघ २०७९, शनिबार

    काठमाडौं । गायक तथा संगीतकार आरके गुरुङ आधुनिक, लोक गायनमा विशेष दख्खल राख्ने सर्जकका रुपमा परिचित छन् । विगत २ दशकदेखि मौलिक गीत संगीतमा लागि पर्दै आएका गुरुङ शब्द, लय, स्वर र संगीत संयोजनको काम गर्दै आएका छन् । गायक आरके गुरुङले यसपटक भने फरक शैलीमा संगीत सिर्जना गरेका छन् । गायिका अस्मिता अधिकारी र गायक मनोज केसीको स्वरमा नयाँ गीत ‘घर त गैरी गाउँ’ गीत लिएर आएका छन् । यस गीतमा आरके गुरुङ र मनोज केसीको शब्द रहेको छ भने आरके गुरुङ गुरुङको संगीत रहेको छ । गीतको संगीत संयोजन भने एचबीचएन किस्मतको रहेको छ । गायक केसी र आर के गुरुङ विगत १५ वर्षदेखि सहकार्य गर्दै आएका छन् ।

    यस गीतको भिडियोमा निर्देशक दीपेन्द्र तिमल्सिनाको कोरियोग्राफी एवं निर्देशन रहेको छ । भिडिठयोमा कलाकारहरु गणेशमान घले, रमेश थापा, जुना सुन्दास र आयुस्मा कार्की को अभिनय एवं नृत्य समावेश गरिएको छ । म्युजिक भिडियोलाई शिवपुरी राष्ट्रिय निकुङ्जको ढाप ताल र प्रकृति रिसोर्टमा छायांकन गरिएको छ । भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने विष्णहरि तिमिल्सिनाले सम्पादन गरेका छन् ।
    गायक आर.के. गुरुङले वि.स. २०६१ सालमा ‘माइली रोधिघरमा सँगै नाचौला’ कौर्हा मौलिक गीतबाट साँगितिक कार्य सुरु गरेका हुन् । अहिलेको समयमा भने केही फरक मिठास भएको लोक दोहोरी गीत घर त गैरी गाउँ लिएर आउनु भएको छ। हेर्दैमा राम्रो बागलुङै बजार (सालैजो), बज्यो मादल मायाको गाउँमा (झ्याउरे), गल्कोटै गाउँको (सालैजो), माइली रोधिघरमा (रिमेक), ज्ञानी माया (पञ्चेबाजा) र बस है माया (सालैजो) जस्ता मिठा मिठा मौलिक भाकाहरु दर्शकसामु पस्किसकेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु