अनिसको ‘चरीले’ मा पल र गीता

म्यूजिक खबर
प्रकाशित: १३ बैशाख २०७८, सोमबार
pal shah-gita dhungana

काठमाडौं । गायक अनिश भण्डारीको नयाँ ‘चरीले’ सार्वजनिक भएको छ । राजन तिमल्सिनाको संगीत रहेको गीतमा पल शाह र गीता ढुंगानाको रोमान्स देख्न सकिन्छ ।

लोकपप गीतको भिडियो भिडियो शान थापाले निर्देशन गरेका हुन् । राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँंकन र सुप्रिम पराजुलीको सम्पादन भिडियोमा छ । यसअघि भण्डारीको गीत ‘ताली ठोकौँला’ दर्शक श्रोतामाझ लोकप्रिय भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु