उदीयमान गायिका सीताले ल्याइन् ‘जबदेखी तिमीलाई’

म्यूजिक खबर
प्रकाशित: १८ चैत्र २०७७, बुधबार

काठमाडौं । उदीयमान गायिका सीता थापा मगरले नँया गीत ‘जबदेखि तिमीलाई’ बोलको गीत सार्वजनिक गरेकी छिन् । सीतालाई स्वरमा गायक युवराज मगरले साथ दिएका छन् । सीताको आफ्नै शव्द तथा संगीतमा तयार भएको गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ ।


युवराज मगर युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा गीता ढुंगाना र गायक युवराज फिचर्ड छन् । निर्देशन निकेश खड्काले गरेका हुन् ।

बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु