गीता पाण्डेको सुमधुर स्वरमा रोमान्टिक गीत ‘तिमी आएपछि’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १० आश्विन २०८३, शनिबार २२:०२

काठमाडौँ । नेपाली सुगम सङ्गीत तथा आधुनिक गायन क्षेत्रमा स्थापित गायिका गीता पाण्डेको स्वरमा सजिएको बिल्कुलै नयाँ रोमान्टिक गीत ‘तिमी आएपछि’ बजारमा आएको छ। माया, प्रेम र मिलनका सुन्दर भावनाहरूलाई जीवन्त रूपमा प्रस्तुत गरिएको यो गीतलाई आधिकारिक डिजिटल प्लेटफर्महरू मार्फत श्रोतामाझ ल्याइएको हो।

यस गीतको शब्द रचना, सङ्गीत सिर्जना, मिक्सिङ तथा मास्टरिङको सम्पूर्ण प्राविधिक जिम्मेवारी बहुप्रतिभाशाली सङ्गीतकर्मी डिएपीले सम्हालेका छन्। गीतमा उनले उत्कृष्ट एरेन्जमेन्ट गरेका छन्, जसले अडियोलाई निकै कर्णप्रिय बनाएको छ।

गीतको अडियो जत्तिकै यसको दृश्यपक्षलाई पनि आकर्षक बनाइएको छ। सागर गौरले एआइको प्रयोग गर्दै प्रेमिल मुड, सुन्दर सेटिङ र कलात्मक दृश्य संयोजन गरेका छन् । भिडियोमा अनिकेत लुईंटेल सहितले गीतको मूल मर्मलाई न्याय गरेको छ ।

जसले गर्दा भिडियो हेर्दा दर्शकले गीतको भाव सहजै महसुस गर्न सक्छन्। गीतको भिजुअल तथा डिजिटल व्यवस्थापन गीता पाण्डे च्यानल मार्फत गरिएको छ।

यसअघि गायिका पाण्डेका यसअघि ‘माछी भुल्यो’, ‘मेरो कोहि छ’, ‘यो मन’ ‘ए तन’ ‘चाहेको बाटो’ तथा ‘शुभकामना’ जस्ता फुटकर गीतहरू पनि श्रोताहरूमाझ निकै चर्चित छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु