• मलाई अमेरिका यहीकी गायिका सिता केसीको ‘गोधुली साँझैमा’

    म्यूजिक खबर
    प्रकाशित: २३ भाद्र २०७७, मंगलवार
    Sita kc

    काठमाडौं । बहुचर्चित गायिका सिता केसीको सबैको मन मस्तिष्कमा बसेको गीत हो ‘मलाई अमेरिका यही’ । गायक पशुपति शर्मासँगै गाएको उक्त गीतबाट चर्चा आएकी गायिका सिता केसी यतिबेला भने नयाँ गीत लिएर आएकी छन् । नेपाली मौलिक लोकदोहोरी गीत संगीतको क्षेत्रमा परिचित गायिका जुना श्रीष , सिता केसी र गायक नेत्र भण्डारी र कृष्ण केसी आवाजमा रहेको ‘गोधुली साझैंमा’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

    मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडीको प्रेमका भोगाईहरुलाई गीतमा समावेश गरिएको छ । मर्मस्पर्शी शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफनी प्रेमीको यादले दिनरात सताउने कुरा गीतमा गरिएको छ । आकर्षक रुपमा तयार पारिएको गीतमा कृष्ण केसीको एरेन्ज रहेको छ । चित्र बहादुर आचार्यको शब्द तथा लय सिर्जना रहेको छ । करण चैसिरको छायाँँकन तथा निर्देशनमा मनोज कार्कीको सम्पादन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु