स्रष्टाको अनुमतिबिना यूट्यूबमा दोहोरी गाउनु गैरकानूनीः गोकुल राउत, ‘है सानु दुई सानु’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २५ मंसिर २०७७, बिहीबार
Gokul Raut

काठमाडौं । गायक तथा सर्जक गोकुल राउतको नयाँ गीत ‘है सानु दुई सानु’ सार्वजनिक भएको छ । अग्रज गायक घमेश दुलालको प्रमुख आतिथ्यतामा लोकप्रिय गायक तथा सर्जक गोकुल राउतको ‘है सानु दुई सानु’ बोलको गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा गायक भोजराज काफ्ले, इन्दिरा गुरुङ्ग, गीता देवी, सीता थापा लगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रममा काँठ क्षेत्रका बरिष्ट कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा पछिल्लो समय कलाकारहरुका सिर्जना जथाभावी प्रयोग गरेर प्रत्यक्ष दोहोरीबाट युट्युब च्यानलमा संचालन गर्नेहरुले स्रष्टाको अधिकार हनन् गरिएको कुरा उठाइएको थियो । कार्यक्रमका प्रमुख अतिथि घमेश दुलालले आफु राष्ट्रिय संगीतकर्मी संघको संस्थापक भैरहंदा, जो कोहिले सम्पूर्ण कलाकारहरुको हकहितका निमित्त आवाज बुलन्द गर्छ, उस्लाई पूर्ण सहयोग गर्ने बताएका थिए । यता यसै कार्यक्रमका अध्यक्ष गोकुल राउतले आफ्नो सिर्जना प्रयोग गरेर मोटाउने र सम्बन्धित कलाकारलाई ब्यवास्ता गर्ने च्यानल प्रति आक्रोश ब्यक्त गरेका छन् । उनले अनाधिकृत रुपमा अनुमति बिना स्रष्टाको सिर्जना प्रयोग गर्नु गैरकानूनी भएको भन्दै आफू अधिकारका लड्ने बताएका थिए ।

लोकार्पण भएको गीतमा गुकुल राउत र पार्वती कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ भने संगीत संयोजन तथा लय शब्द गायक स्वयम् गोकुल राउतले भरेका छन् । प्रस्तुत गीतको म्युजिक भिडियोमा सन्जिब ठकुरी र प्रकृति खड्काको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन सन्जिब ठकुरीले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन राजकुमार मगरले गरेका छन् । लोकार्पण कार्यक्रममा उपस्थित सम्पूर्ण कलाकारहरुले गोकुल राउतको यो पछिल्लो सांगीतिक प्रतुतिको लागि सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमलाई लोकप्रिय गायिका तथा संचारकर्मी सोभा त्रिपाठीले संचालन गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु