गोपीकृष्णलाई रंग पत्रकारिता सम्मान

म्यूजिक खबर
प्रकाशित: २९ चैत्र २०७७, आईतवार

काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा गतबर्षदेखि अवार्ड आयोजना गर्न सुरु गरेको ज्योति फिल्मस् प्रोडक्सन प्रा.ली.को यसबर्षको ‘दोस्रो ज्योति फिल्मस् म्युजिक अवार्ड’मा रंग पत्रकार गोपिकृष्ण चापागाईं सम्मानित भएका छन् । चापागाईंले पत्रकारिता मार्फत नेपाली कला संस्कृति तथा गीतसंगीतको संरक्षणमा योगदान पु¥याएको भन्दै उक्त सम्मान प्रदान गरिएको हो ।

चापागाईंलाई अवार्ड समारोहका प्रमुख अतिथि पुर्व अर्थमन्त्री डा. राम शरण महत, वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, वरिष्ठ लोक गायक कुमार बस्नेतले सम्मान पत्र प्रदान गरे । सम्मान पत्र ग्रहण गर्दै चापागाईंले काम गर्दै जादा पाइने सम्मानले थप हौसला मिल्ने र आगामी दिनमा काममा उर्जा मिल्ने बताए । ‘नेपाली गीतसंगीत, फिल्म, कला साहित्यको क्षेत्रमा काम गर्दै जाँदा मुल्यांकन गरेर दिइने यस्ता सम्मानहरुले आफूलाई थप जिम्मेवारी थपिएको महसुस गरेको छु,’ चापागाईंले भने – ‘भोलीको दिनमा नेपाली कला साहित्य क्षेत्रको बिषयमा अझ गहन पत्रकारिता गर्ने विश्वास दिलाउन चाहान्छु ।’ चापागाईं पछिल्लो समय हिमालय टाइम्स राष्ट्रिय दैनिक र आर्टिष्ट खबर डटकममा आबद्ध छन् ।

सम्मान पत्रमा लेखिएको छ, ‘सञ्चार तथा पत्रकारिता जगतमा रहेर तपाईले दिनुभएको योगदान स्मरणीय छ । बिभिन्न लोकप्रिय कार्यक्रम मार्फत आफ्नो पृथक प्रस्तुतीकरणले श्रोता, दर्शकको मन जित्न सफल युवा पत्रकार तपाई श्री गोपिकृष्ण चापागाईं ज्यू लाई पत्रकारीता मार्फत तपाईले कला संस्कृतीको संरक्षण र गीत सगीतमा दिनुभएको योगदानको उच्च मुल्यांकन गर्दछौं । आगामी दिनमा पनि तपाईको यो कार्यले निरन्तरता पाइरहोस भन्दै ज्योती फिल्मस् म्युजिक अवार्ड सम्मान गर्दै सु–स्वास्थ्य दिर्घायुको कामनाका साथ यो सम्मान पत्र प्रदान गर्दछौं ।’

दोस्रो ज्योति फिल्मस् म्यूजिक अवार्डमा बिभिन्न ३८ बिधामा अवार्ड प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु