गोरखा सांस्कृतिक समाजमा सुनिल लामिछानेको नेतृत्व, ३५ सदस्यीय नयाँ कार्यसमिति चयन

म्यूजिक खबर
प्रकाशित: २३ जेष्ठ २०८०, मंगलवार

काठमाडौं । गोरखा सांस्कृतिक समाजको आठौं साधारणसभा एवं चौथो अधिवेशनबाट मोडल सुनिल लामिछानेको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । गीतकार सुमन बैरागीको नेतृत्वमा रहेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पद सम्हाल्दै आएका लामिछाने चौंथो अधिवेशनबाट निर्विरोध अध्यक्ष बनेका हुन् ।

नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा भएको आठौं साधारणसभा एवं चौंथो अधिवेशन सम्पन्न भएको थियो । गोरखा जिल्लाबाट काठमाडौंलाई कर्मथलो बनाएका कलासंस्कृतिसँग आबद्ध सदस्यहरुको सामाजिक संस्था हो गोरखा सांस्कृतिक समाज । संस्थापक अध्यक्ष दीपसागर थापा, दोस्रा अध्यक्ष बीरबल ढकाल, तेस्रो अध्यक्ष सुमन बैरागी हुँदै चौथो अध्यक्षका रुपमा लामिछाने चयन भएका हुन् ।

समाजको चौथो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा गायक प्रेम अर्याल, प्रथम उपाध्यक्षमा लबकुमार भट्ट, द्वितीय उपाध्यक्षमा रविन लामिछाने, तृतीय उपाध्यक्षमा हरिराम परियार, महिला उपाध्यक्षमा चिजा तामाङ चयन भएका छन् भने अन्य तीन उपाध्यक्षमा बीरबल घले, मीरा गोर्खाली, सुमन परियार रहेका छन् । त्यसैगरी महासचिवमा रञ्जित परियार, उपमहासचिवमा टेकबहादुर गुरुङ, महिला सचिवमा बेलिमाया पुलामी, प्रशासनिक सचिवमा दीप गुरुङ, सांगठनिक सचिवमा सुबास अस्लामी मगर, प्रवक्तामा पृथ्वी गुरुङ, कोषाध्यक्ष सचिन भट्टराई, सहकोषाध्यक्षमा सुशिला थापा निर्विरोध चयन भएका छन् ।

त्यसैगरी १७ जना सदस्य पदका लागि २५ जनाको उम्मेदवारी परेको थियो । जसमा राजु गुरुङ, सबिता पोखरेल, सरिता भारती, भीमा गुरुङ, मधु रसाइली, खेमराज तिवारी, रेजिना परियार, लक्ष्मी गुरुङ, सुस्मिता सापकोटा, रेश्मा तामाङ, रायन बस्याल, सन्तोष थापा, देवी आले, सूर्यकुमार परियार, सरोज लामिछाने, निशा गुरुङ, सुमन श्रेष्ठ चयन भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु