बीरबल ढकालको नेतृत्वमा गोरखा सांस्कृतिक समाज

म्यूजिक खबर
प्रकाशित: २८ चैत्र २०७५, बिहीबार

काठमाडौं । गीत संगीत, कला संस्कृति एवं साहित्यको क्षेत्रमा क्रियाशील गोरर्खालीहरुको साझा संगठन गोरखा सांस्कृतिक समाजको नेतृत्वमा बीरबल ढकाल आएका छन् । दिपसागर थापाको नेतृत्वमा रहेको गोरखा सांस्कृतिक समाजको दोस्रो अधिवेशनबाट ढकालले नेतृत्व लिएका हुन् । २७ सदस्यीय कार्यसमितिको नेतृत्वमा ढकालले दोस्रो कार्यकालका लागि नेतृत्व लिएका हुन् ।
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा गोरखाका विभिन्न संगठनका प्रतिनिधि एवं राजनीतिकर्मीको उपस्थितिमा समाजको दोस्रो अधिवेशन एवं चुनावी साधारणसभा सम्पन्न भएको हो । २०७२ सालमा औपचारिक रुपमा सुरु भएको गोरखा सांस्कृतिक समाजको पहिलो कार्यकाल दिपसागर थापाले नेतृत्व सम्हालेका थिए ।


ढकालको नेतृत्वमा रहेको समाजको वरिष्ठ उपाध्यक्षमा सुमन पण्डित चयन भएका छन् भने प्रथम उपाध्यक्ष सुनिल लामिछाने, द्वितीय उपाध्यक्ष गणेश गुरुङ, महिला उपाध्यक्ष रञ्जिता गुरुङ चयन भएका छन् । त्यस्तै उपाध्यक्ष पदमा सञ्जय गुरुङ र प्रेम अर्याल रहेका छन् । महासचिवमा दिनेश थापा, उपमहासचिवमा सागर गुरुङ, सचिवमा रविन लामिछाने चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा सुनिला गुरुङ, सहकोषाध्यक्षमा रञ्जित परियार चयन भएका छन् भने प्रवक्तामा लभ कुमार भट्टलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा मिरा गोर्खाली, सुमन परियार, बेलिमाया गोर्खाली, प्रकाश कोके गुरुङ, चिजा तामाङ, करिश्मा ढकाल, सिता थापा, किस्ना आचार्य रोशनी, हरिराम परियार, करिश्मा ढकाल, सुबास अस्लामी मगर, बबिता बानियाँ जेरी, सरिता कार्की, सुजन परियार, हेमन्त आले चयन भएका छन् । सम्पूर्ण कार्यसमिति सहमतिका आधारमा सर्वसम्मत् निर्वाचित भएका हुन् । कार्यक्रममा सल्लाहकार हरिमाया गुरुङ, विष्णु पोखरेल, भीम श्रेष्ठ, रामजी पन्त लगायतले सर्वसम्मतिमा ल्याउनका लागि सहमति जुटाएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु