जुटे गोरखाली पत्रकार, गठन भयो गोरखा पत्रकार मञ्च

म्यूजिक खबर
प्रकाशित: २८ बैशाख २०७६, शनिबार

काठमाडौं । गोरखाबाट राजधानीमा आएर पत्रकारितामा क्रियाशील रहेका पत्रकारहरु एक ठाउँमा भेला भएर ‘गोरखा पत्रकार मञ्च’को गठन गर्ने निर्णय गरेका छन् । विभिन्न सञ्चार माध्यममार्फत पत्रकारिता गर्दै आएका गोरखाली पत्रकारको आज यहाँ भएको भेलाले १३ सदस्यीय तदर्थ समिति गठन गर्दै ‘गोरखा पत्रकार मञ्च’ स्थापनाका लागि सम्पूर्ण पत्रकारहरुलाई एक ठाउँमा भेला गर्ने भएको छ ।

 

राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार प्रदीपराज वन्तको संयोजकत्वमा गठन भएको सो समितिको सल्लाहकारमा रामजी दाहाल, खिलबहादुर भण्डारी, अमृत दाहाल र सुशील अर्याल छन् ।

तदर्थ समिति सदस्यमा सोविता रिसाल, मञ्जिमा ढकाल, सुमन पण्डित, विकास भट्टराई, विनोद ढकाल, सागर पन्त, रक्षा रेग्मी, अर्जुन पन्त, सुवास भट्ट, टुना भट्ट, जापान गुरुङ र देवराज गुरुङलाई चयन गरिएको छ ।

विभिन्न स्थानमा रहेर पत्रकारिता गर्ने गोरखाका पत्रकारको साझा संस्थाका रुपमा मञ्चलाई विकसित गरिने संयोजक वन्तले बताए । भेलाले एक महीनाभित्रमा मञ्चको अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु