थापाको नेतृत्वमा गोर्खा काठमाडौं जनसांस्कृतिक मञ्च गठन

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७४, शनिबार

७ असोज २०७४, काठमाडौं । गोर्खाबाट काठमाडौंमा आएर कला साहित्य र मनोरञ्जनको क्षेत्रमा लागेका कलाकर्मी एवं साहित्यकर्मीहरुलाई एकैथलोमा राख्दै गोर्खा काठमाडौं जनसांस्कृतिक मञ्चको गठन गरिएको छ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवं उपाध्यक्ष नारायणकाजी श्रेष्ठको उपस्थितिमा मञ्चको गठन गरिएको हो । माओवादी निकट यस मञ्चको अध्यक्षमा गायक दीपसागर थापा रहेका छन् । थापाको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति चयन भएको छ ।

मञ्चको उपाध्यक्ष पदमा गायक विरही कार्की, अभिनेत्री रञ्जिता गुरुङ, कलाकार रामबाबु रेग्मी, गायक सागर गुरुङ रहेका छन् । त्यस्तै महासचिवमा सुमन पण्डित, सचिवमा दिनेश थापा, कोषाध्यक्षमा बेलीमाया गोर्खाली रहेका छन् ।

सदस्यहरुमा भने सरु थापा, मुस्कान श्रेष्ठ, खिल बहादुर गुरुङ, रुविन गन्धर्व, प्रविन राना, चीज गुरुङ, मोतिराम भट्ट, हेमन्त आले रहेका छन् । माओवादी केन्द्रको आस्थामा रहेर विगतदेखि हालसम्म क्रियाशील रहँदै आए पनि झण्डामुनी रहेर भने कार्य नगरिरहेका कलाकारहरुलाई गोलबन्द गर्दै जनसांस्कृतिक मञ्चको गठन भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु