सिरानचोकको चिनारी दिँदै आयो ‘सिरानचोके चेली’

म्यूजिक खबर
प्रकाशित: ६ चैत्र २०७५, बुधबार

गोरखा । गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाका केही ठाउँलाई केन्द्रित गर्दै बजारमा गीत गाएको छ ‘सिरानचोके चेली’ । गाउँपालिकाका पूर्ण भूभाग नसमेटे पनि विशेषत गुरुङ वस्ती रहेको गाउँ चित्रे पाप, खमारी, थालाजुङ, चिप्लेटी, ठूलोश्वारा, सिउरेनी, सिम्ले, श्रीनाथकोट लगायतका स्थानहरुको वर्णन गर्दै गीत बजारमा आएको हो । गणेश गुरुङ र दिप गुरुङले शब्द लेखन गरेको यो गीतले त्यहाँको रोधी, घाटु, चुट्का लगायतका संस्कृतिलाई समेटेर गीत लेखेका छन् । यस गीतको संगीत भने गणेश गुरुङले गरेका छन् । गीतलाई दुर्गा परियार र गणेश गुरुङको रहेको छ ।

गीतको म्यूजिक भिडियो सिरानचोक वरिपरिका गाउँहरुलाई नै समेटेर बनाइएको छ । दिप गुरुङको निर्देशनमा रहेको यो गीतलाई शम्भू चालिसेले छायाँकन गरेका हुन् भने सुजन शाहीले सम्पादन गरेका छन् । भिडियोमा मनोज थापा मगर, लक्ष्मी गुरुङ, बबिता गुरुङ, सुमित्रा गुरुङ‘विनिता’ र उवा मगरको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु