गोर्खाली ठाडो भाका गीत प्रतियोगितामा वीरबहादुर गुरुङ र रेशम माया गुरुङको समूह प्रथम

म्यूजिक खबर
प्रकाशित: २५ बैशाख २०८०, सोमबार
Harimaya Gurung

गोरखा । सिरानचोक गाउँपालिका चित्रेपोखरी गोरखामा सम्पन्न भएको गोर्खाली ठाडो भाका गीत प्रतियोगितामा बीर बहादुर गुरुङ र रेशम माया गुरुङको समूहले प्रथम स्थान हासिल गरेको छ । उनीहरुले १ लाख नगद राशिसहितको पुरस्कार चुम्न सफल भएका छन् ।
पछिल्लो समय लोप हुँदै गएको ठाडो भाका गीतको संरक्षणका लागि गोरखामा ठाडो भाका दोहोरी गीत प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक हरिमाया गुरुङले जानकारी दिइन् । ठाडो भाकाको गीत युवापुस्तालाई सिकाउने तथा पुराना संस्कृति जर्गेना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गरिएको ठाडो भाका दोहोरी गीत प्रतियोगिताकी संयोजक हरिमाया गुरुङले जानकारी दिए ।
नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री माननीय नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त प्रतियोगिता बैशाख २१ मा सुरु भएर २३ गते सम्पन्न भएको थियो ।

पश्चिमाञ्चल सांस्कृतिक केन्द्रको आयोजना तथा न्यू दौंतरी समूहको सहआयोजनामा सम्पन्न भएको यस प्रतियोगितालाई सिरानचोक गाउँपालिकाले प्रबद्र्धकको भूमिका निर्वाह गरेको थियो ।
प्रतियोगितामा बमबहादुर गुरुङ र तीर्थकुमारी भुजेलको समूह दोस्रो तथा मनकाजी गुरुङ र विष्णुमाया गुरुङको समूहले तेस्रो भएको संयोजक गुरुङले जानकारी दिए । दोस्रो हुन सफल समूहलाई नगद रु ६० हजार र तेस्रो हुन सफल समूहलाई रु ३० हजार नगद पुरस्कार प्रदान गरिएको संयोजक गुरुङले जानकारी दिए । प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्न सफल दुई समूहलाई पनि रु १५÷१५ हजार पुरस्कार प्रदान गरिएको उनको भनाइ छ ।
त्यस्तै उष्कृष्ट गायनतर्फ लमजुङ दूधपोखरी गाउँपालिकाकी सन्तमाया गुरुङ र गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका धनबहादुर गुरुङले छनोट भएका छन् । उत्कृष्ट गायनमा छनोट हुन सफल दुवै जनालाई नगद रु १०–१० हजार पुरस्कार प्रदान गरिएको उहाँले बताए । प्रतियोगितामा गोरखा, लमजुङ र तनहुँका गरी १८ समूहले प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रमको समुद्घाटनको अवसरमा ठाडो भाकाका गायिका कुमारी गुरुङलाई नगद १० हजारसहित सम्मान गरिएको थियो भने ठाडो भाकाका गायक बुद्धिमान दूरा ‘धम्पू दूरा’लाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमको निर्णायकमा वरिष्ठ गायक अमर विरही गुरुङ, लोकप्रिय गायक राजु परियार, लोकप्रिय गायिका चिजा तामाङ निर्णायकको भूमिकामा रहेका थिए । कार्यक्रमको संरक्षकमा चलचित्र निर्माता तथा समाजसेवी महेश गुरुङ गरेका थिए भने कार्यक्रम संचालन संस्थाका कोषाध्यक्ष राकेश गुरुङले गरेका थिए ।
कार्यक्रमलाई विभिन्न व्यवसायिक ब्राण्ड एवं व्यक्ति विशेषसमेत प्रायोजन एवं सहयोग गरेका थिए ।

त्यस्तै प्रतियोगितामा सहभागी हुन आउनुभएका मध्यनेपाल नगरपालिका–७, लमजुङका सुवेदार सन्त बहादुर गुरुङले स्टेजमा उत्कृष्ट प्रस्तुति दिनुभएको र गीत गाइसकेपछि विश्राम लिँदै गर्दा अचानक बेहोस हुन पुग्नुभयो र आँपपिपल हस्पिटल पु¥याउँदा निधन भएको घोषणा डाक्टरहरुले गराएका थिए । म्यूजिक खबर परिवार ठाडो भाकाका अमर स्रष्टा सन्तबहादुर गुरुङप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु