चलचित्र ‘गोर्खे’को नयाँ गीत ‘गाउँ भरि हल्ला’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३ आश्विन २०७६, शुक्रबार

काठमाडौं । कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको चलचित्र ‘गोर्खे’को गीत ‘गाउँ भरि हल्ला’ सार्वजनिक भएको छ । उक्त गीतमा भुषण खतिवडाको स्वर रहेको उक्त गीतमा हरि लम्सालको शब्दरसङ्गीत रहेको छ । भिडियोमा अर्जुन गुरुङ र एन्जल श्रेष्ठलगायतलाई फिचर्ड गरिएको छ। गीतलाई शिव विकले कोरियोग्राफी गरेको रशंकर महर्जनको निर्देशन रहेको यो चलचित्र पाल्पा, धम्पुस, पोखरा र काठमाडौंलगायतका ठाउँहरुमा छायाँकन गरिएको छ ।

यसअघि सार्वजनिक गरिएको चलचित्रको गीत ‘सिन्के अचार‘’ लोकपृय भइरहँदा निर्माण युनिटले अर्को गीत सार्वजनिक गरेको हो । चलचित्रमा रवीन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बाल्दिप राईलगायतका कलाकारको अभिनय रहेको छ । मुख्य शहायक निर्देशक किम्मत गौतम, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको यस चलचित्रले गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको पात्र लाई चलचित्रमा देख्न पाइने निर्माता हरि थापाले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु