गोविन्दको ‘सानी’ मा टिकटक क्विन उषा र निर्मल

म्यूजिक खबर
प्रकाशित: ८ पुष २०७७, बुधबार

काठमाडौं । गायक गोविन्द गुरागाईको पहिलो सांगीतिक कोसेली गीत ‘सानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गोविन्द गुरागाईको नै शब्द ,संगीत रहेको गीतमा बुद्ध स्याङबाको एरेन्ज रहेको छ ।

‘सानी’को म्युजिक भिडियोमा बलिवुडमा समेत चर्चा कमाएकी नेपाली नायिका उषा उप्रेती र निर्मल न्यौपाने र बालकलाकार सान्भी थापाको अभिनय रहेको छ ।

गीतको भिडियो बैदेशिक रोजगारीको पिडा समेटिएको कथा बस्तुलाई आधार मानेर बनाइएको छ । बिरेन्द्र भट्टको सिनेमाटोग्राफी र अनिल रानाको सम्पादन रहेको भिडियोलाई एम आर क्रियसनले निर्माण गरेको हो जसमा रोजल थापाको निर्देशन रहेको छ । गीतको भिडियोलाई गायक गोविन्द गुरागाईको अफिसियल युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु