विरहको गीतसँगै उदाए गोविन्द थापा

म्यूजिक खबर
प्रकाशित: ६ फाल्गुन २०७५, सोमबार

काठमाडौं । लोकगायनमा नयाँ प्रतिभाहरु उदाउने क्रममा गोविन्द थापा पनि थपिएका छन् । न्याउली रोयो’ बोलको गीतमार्फत् उदाएका गायक थापाले आफ्नो पहिलो गीतबाट मायाप्रेमको विरह पोखेका छन् । भ्यालेन्टाइन डेको अवसर पारेर बजारमा गीत ल्याएका थापाले अग्रजलाई सम्मान गर्दै आफू यो क्षेत्रमा प्रवेश गरेको बताएका छन् । मौलिक कला संस्कृतिको क्षेत्रमा आफूलाई पनि समाहित गर्दै जाने सोचका साथ विरहका गीतबाट सांगीतिक यात्रा सुरु गरेको उनले बताए ।
गोरखाको सुलिकोट गाउँपालिका सौरपानीमा जन्मिएका थापा राजधानीमा विगत केही वर्ष यता संघर्ष गरिरहेका छन् । गीतसंगीतसँग नजिक रहेर अग्रजहरुको संगत गरिरहेका थापाले मनभित्रका रहरहरुलाई बल्ल गीतमार्फत् पोख्ने मौका पाएका हुन् । प्रवासमा रहेर सामाजिक कार्यमा संलग्न रहँदै आएका गोर्खाली युवा ईश्वर ढकालको शब्दमा उनले गीतमा स्वर भर्ने मौका पाएका हुन् । गीतको भाका भने राजकुमार बानियाँको रहेको छ ।
गोर्खा चौतारी म्यूजिकका संचालक सुनिल लामिछाने र सुशिला सापकोटाको सहयोगमा उनले यस गीतलाई बजारमा ल्याउन पाएको बताएका छन् । गीतलाई गोर्खा चौतारी म्यूजिकले बजार व्यवस्थापन गरेको छ ।

 


किन हटाइयो त यूट्यूबबाट पशुपतिको ‘लुट्नसके लुट कान्छा’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु