विश्वकै उच्च स्थानमा अडियो भिडियो खिचेर रेकर्ड बनाएकालाई सम्मान

म्यूजिक खबर
प्रकाशित: २९ श्रावण २०७८, शुक्रबार
Guinness book of world record

काठमाण्डौँ । विश्वकै उच्च स्थानमा छायांकन गरिएको म्यूजिक भिडियोबाट गिनिज बुक अफ वल्र्ड रेकर्डमानाम लेखाउन सफल ५ जना नेपाली सम्मानितभएका छन् ।

हिमालएफ.एम.को आयोजना तथा राईको ब्राण्डको प्रायोजनमा काठमाण्डौँमा आयोजित एक कार्यक्रममा पुष्कर नेपाल, सन्च बहादुर राई, राजन खरेल, लक्ष्मण कार्की र पावल राई सम्मानित भएका हुन् । रेकर्ड होल्डरलाई नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, रिपोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला र हिमाल एफ.एम.का अध्यक्ष निमा शेर्पाले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

नेपाल यस अघि ३ पटक विभिन्न विधामा गिनिज बुकमा नाम लेखाइसकेका व्यक्ति हुन् । सन्च एक पर्यटन व्यवसायी हुन् भने प्रोजेक्टका योजनाकार तथा व्यवस्थापक हुन् । खरेल मिडियाकर्मी हुन् भने पावल कुशल बाँसुरी बाधक हुन् । लक्ष्मण पनि पर्यटन व्यवसायी हुन् । रेकर्ड होल्डरसँगै भिडियो छायाँकनमा सहभागी गायिका, मोडल, गीतकार, संगीतकार, एरेन्जर, निर्देशक, रेकडिष्ट, सम्पादक, प्राविधिक लगायतलाई सम्मान गरिएको छ ।
समुन्द्री सतहदेखि ४,८१३ मिटरको उचाईमा अवस्थित ‘गोक्यो रि’मा लाईभ अडियो रेकर्ड तथा भिडियो छायाँकन गरि नेपालको तर्फबाट वल्र्ड रेकर्ड कायम गरिएको हो । ‘गोक्यो रि’सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकामा पर्दछ ।

कस्ले के भने ?
नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले अद्धितिय काम गरि रेकर्ड होल्ड गरेकोमा नेपाली टिमलाई बधाई दिए । पर्यटन प्रर्वद्धन समेत हुने गरि विश्वकैै उच्च भूगोलमा पुगेर कीर्तिमानी कायम गर्न चान चुने विषय नभएको भन्दै उपराष्ट्रपति झाले गिनिज बुकको रेकर्डले नेपाल र नेपालीको शान उच्च बनाएको बताए ।

उनले भने, ‘तपाईहरुको कामले मैले पनि गौरब महसुस गरेको छु ।’ उनले गिनिज बुकमा नाम लेखाउने नेपालीहरुको माध्यमबाट नै नेपालको नाम अन्तराष्ट्रिय स्तरमा परिचित भएको भन्दै गौरब र सौभाग्यको कुरा भएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार तथा रिपोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले राम्रो काम गर्नेलाई राष्ट्रले सम्मान गर्नु पर्ने बताए । कला तथा संस्कृतिकै कारण अन्र्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाएको दावी गर्दै उनले गौरबपूर्ण काम गर्ने व्यक्तिलाई राज्यले उचित सम्मान दिनुपर्नेमा जोड दिए ।

प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरवीर’ले गीत संगीतमार्फत नै गिनिज बुकमा नाम लेखाउँदै पर्यटन प्रर्वद्धनमा टेवा पु¥याएकोमा बधाई दिए । त्यस्तै, हिमाल एफ.एम.का सल्लाहकार तथा राजनितिज्ञ आङगेलु शेर्पाले रेकर्ड होल्डरको उपलब्धि राष्ट्रकै उपलब्धि भएको बताए । उनले यो उत्साहलाई अझ देश र जनताको पक्षमा प्रयोग गर्न रेकर्ड होल्डरलाई आग्रह गरे ।

हिमाल एफ.एम.का सचिव कर्मा शेर्पाले वल्र्ड रेकर्डलाई आधार बनाएर पर्यटन प्रवद्र्धनमा योगदान गर्न आग्रह गरे । उनले भने, ‘अब नेपालमा पर्यटक बोलाउनुहोस् । पर्यटन क्षेत्र कोरोना कारण शिथिल बनेको छ । पर्यटन क्षेत्र चलायमान बनाउन तपाईको सक्रियता बढोस् ।’

त्यस्तै, चौथो पटक गिनिज बुकमा नाम लेखाउन सफल पुष्कर नेपालले रेकर्डले व्यक्तिसंगै पर्यटन र नेपाली संगीतको टेवाका लागि उच्च स्थानमा पुगेर रेकर्ड बनाएको बताए । उनले भने, ‘२०२० नोभेम्बर ७ मा ‘गोक्यो रिमा पुगेर भिडियो छायांकन गरेका थियौँ । यो रेकर्ड कायम गर्नका लागि सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ।’ रेकर्ड होल्डर ५ जना भए पनि अन्य सहभागीको पनि यो सफलता भएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु