• ‘गुञ्जन’ मार्फत् अष्ट महर्जनको निर्देशनमा डेब्यू

    म्यूजिक खबर
    प्रकाशित: १४ भाद्र २०७६, शनिबार

    काठमाडौं । बिगत दुई दशकदेखि द्धन्द्ध निर्देशकका रुपमा सक्रिय अष्ट महर्जन चलचित्र ‘गुञ्जन’ मार्फत् निर्देशनमा डेब्यु गरेका छन् । उनको डेब्यु फिल्म ‘गुञ्जन’ को मंगलबारदेखि पोखराका बिभिन्न स्थानमा छायाँकन कार्य भइरहेको छ ।
    प्रेमकथामा आधारित रहेको यही चलचित्रबाट प्रितमराज सेन्चुरीले नायकमा डेब्यु गरेका छन् । चलचित्रमा प्रितमराजको जोडीका रुपमा अभिनेत्री सारा श्रीपाली छिन् । बिन्दवासीनी मन्दिरमा शुभ मुर्हत गरी सुटिङ सुरु गरिएको फिल्ममा प्रितमराज र साराका साथमा सरोज खनाल,हिउँवाला गौतम,कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे,सुस्मिता बराल,अमोद,आइपी आचार्य,अमेश न्यौपानेलगायतका कलाकार छन् ।

    हिराकृष्ण शाहीको प्रस्तुति र सुनीता शाही निर्माता रहेको फिल्मको छायाँकार राजेश श्रेष्ठ हुन् । ए. एच इन्टरटेन्मेन्टको ब्यानरमा रहेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको फिल्मका गीतको कोरियोग्राफी कविराज गहतराजले गर्ने छन् ।

    झण्डै ९० प्रतिशत छायाँकन पोखरामा गरिने फिल्मको बाँकी सुटिङ काठमाडौमा गरिने जानकारी निर्देशक अष्टले दिएका छन् । हाल तीव्रताका साथ सुटिङ भइरहेको ‘गुञ्जन’ फागुन तेश्रो साता प्रदर्शन गर्ने योजना निर्माण पक्षको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु