‘माया कस्तो लाएँ’ भन्दै गुन्जन (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १७ मंसिर २०७५, सोमबार
अमेरीका । अमेरीकामा बस्दै आएकि गुन्जन उपाध्यायले भर्खरै  ‘माया कस्तो लाएँ’ बोलको गीतको भिडियो सार्वजनिक गरेकि छिन्  । अमेरीकामा बस्दै आएकि गुन्जनलाइ गायनमा खुबै रुचि छ । सानै देखि सांगीतिक माहोलमा रमाउदै आएकि गुन्जनले बाल्यकालमा धेरै गीत , भजन गाइन र केहि गीत रेकर्ड पनि गरिन् ।
रेकर्डिङ देखि म्यूजिक भिडियो छायांकन र सम्पादन सबै अमेरीकामा नै गरिएको यो गीत ‘माया कस्तो लाएँ’ लाइ गुन्जनका पिता तुंग नेपालले लेखेका हुन् भने संगीत पनि उनकै हो । नेपालमा रहँदा बिभिन्न बिधालयमा संगीत गुरु भएर काम गरिसकेका नेपालले अमेरीकामा पनि नेपाली गीत संगीत , सस्कृति जोगाउन र अहिलेको पुस्तालाइ नेपाली गीत संगीत , वाद्यवादनको संयोजन र प्रशिक्षण गराइरहेका छन् ।
नेपाल आफैमा गीतकार सगीतकार तथा गायक पनि हुन् ।
‘माया कस्तो लाएँ’ गीतको एरेन्ज भद्रेश्वर बर्मनले गरेका छन् ।
सार्वजनिक यस भिडियोमा रिता याम्फू र जिन जेङ्ग को अभिनय रहेको छ । भिडियोलाइ मन्जिल श्रेष्ठले छायांकन सम्पादन र निर्देशन गरेका हुन् । भिडियोको कन्सेप्ट तथा कथा अन्तरा उपाध्यायको रहेको छ ।
हेरौ यो भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु