वरिष्ठ गायिका ज्ञानु राणालाई चाँदनी स्रष्टा सम्मान

म्यूजिक खबर
प्रकाशित: १५ माघ २०७५, मंगलवार

काठमाडौं । गीतसंगीतको क्षेत्रमा रात्री व्यवसायबाट कलासंस्कृतिको क्षेत्रमा योगदान पु¥याउँदै आएको चाँदनी रोधी नाचघरले आफ्नो पहिलो वार्षिकोत्सवको अवसर पारेर वरिष्ठ गायिका ज्ञानु राणालाई ‘चाँदनी स्रष्टा सम्मान–२०७५’ बाट सम्मान गरेको छ । वरिष्ठ गायक कुमार बस्नेतको प्रमुख आतिथ्यतामा नाचघरले गायिका राणालाई सम्मान गरेको हो । राणालाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा माघ १५, १६ र १७ गते विभिन्न कार्यक्रम गर्दै चाँदनी रोधी नाचघरले अन्य कलाकार एवं पत्रकारहरुलाई पनि सम्मान गर्ने भएको छ । गायक रामजी खाँड, पिएन सापकोटा, रमेशबाबु थापा, गायिका शर्मिला गुरुङ, पूर्णिमा लामा, भीमु गुरुङ, मिना लामा, मोडल आरुषी मगरलगायतलाई सम्मान गर्ने चाँदनी रोधी नाचघरका अध्यक्ष भीम श्रेष्ठले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु