सिनेमाघरमा चलचित्र ‘हजार जुनीसम्म’

म्यूजिक खबर
प्रकाशित: १ भाद्र २०७६, आईतवार

काठमाडौं । देशभरका सिनेमाघरमा चलचित्र ‘हजार जुनीसम्म’ प्रदर्शनमा आएको छ । जनै–पूर्णिमाको अवसर पारी बिहीबारबाट देशभरका सिनेमाघरमा प्रर्दशनमा आएको हो । विकासराज आचार्यको निर्देशनमा रहको उक्त चलचित्र ‘हजार जुनीसम्म’ मल्टिस्टार कलाकारहरुको अभिनय छ । आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुइँटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरी पौडयाल्, उत्तम केसी, अनुभव रेग्मीलगायतको चलचित्रमा प्रमुख भूमिका छ । गीत सङ्गीत र ट्रेलरबाट राम्रो हाइप तयार पारेको चलचित्रलाई दर्शकले माया गर्ने निर्माण टीमको अपेक्षा छ । विशाल चाम्लिङ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता कविता रेग्मी हुन् । अखिलेष प्रधानले ‘हजार जुनीसम्म’मार्फत नेपाली चलचित्रमा डेब्यू गरेका छन् । विशाल चाम्लिङको कथा रहेको चलचित्रको पटकथा विकासराज र सामिप्यराज तिमिल्सिनाले तयार पारेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु