• अङ्ग्रेजी नयाँवर्षमा आशिषलाई प्रधानमन्त्री प्रचण्डको ‘सरप्राइज’

    म्यूजिक खबर
    प्रकाशित: १७ पुष २०७९, आईतवार
    Ashish Aviral

    काठमाडौं । संगीतकार आशिष अबिरल पछिल्लो समयका व्यस्त संगीतकार र एवं संगीत संयोजकका रुपमा चर्चाको शिखरमा छन् । उनको दैनिकी आफ्नै राग स्टुडियोमा बित्ने गर्छ । सदाझैं अङ्ग्रेजी वर्ष २०२३ को पहिलो दिन पनि उनी राग स्टुडियोमा एउटा गीतलाई मूर्त दिनमा व्यस्त थिए । त्यहीबेला उनको मोबाइलमा नयाँ नम्बरबाट घन्टी बज्यो । आशिषले फोन रिसिभ गरे । फोन गर्ने व्यक्तिले आशिषलाई भने– ‘प्रधानमन्त्रीज्यूलाई एउटा छोटो मिठो धून तत्काल चाहियो, तपाईसँग कुनै धून स्टकमा छ त ?’
    यो फोनमा भएको कुराले उनी सरप्राइजमा परे । आखिर प्रधानमन्त्रीज्यूलाई मैले कुन धून, कसरी दिनुपर्ने हो ? उनी आश्चर्यमा परे ! ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई मेरो संगीत आवश्यक पर्नु मेरा लागि गौरवको कुरा पनि हो’ उनले भने – अरु काम छाडेर मैले तत्काल धून उपलब्ध गराइँहालेँ ।
    यतिबेला संगीतकार आशिष अबिरलले तयार पारेको उक्त धून प्रधानमन्त्री प्रचण्डको आधिकारिक फेसबुक पेजबाट शुभकामना सन्देशसहित सेयर भएको छ ।
    आशिषले नेपाली मौलिक बाजासमेत मिसाएर तयार परेको उक्त धूनमा प्रधानमन्त्री प्रचण्डको फोटो र केही शब्दहरु सिर्जना गरी अङ्ग्रेजी नयाँ वर्षको शुभकामना सन्देश दिइएको छ ।
    प्रधानमन्त्री प्रचण्डले उक्त धुन सेयर गर्दै लेखेका छन्, ‘आउनुस्, हरेक दिन समृद्ध नेपालको निर्माण गर्न सुशासन र विकासको पक्षमा जनताका आवश्यकतालाई सम्बोधन गर्नका लागि धेरैभन्दा धेरै काम गर्ने प्रतिज्ञा गरौं । अंग्रेजी नयाँ वर्ष २०२३ को हार्दिक मंगलमय शुभकामना ।’

    संगीतकार आशिषले उक्त धून एक टेलिभिजनको स्टेसन आईडीको लागि तयार पारेका थिए । निर्माण भएर राखेको तर टेलिभिजनलाई दिन बाँकी नै थियो । उनले सरप्राइज रुपमा आएको फोनले प्रधानमन्त्रीको लागि उक्त धून उपलब्ध गराएको बताउँदै भने– ‘अब उक्त टेलिभिजनको लागि नयाँ धून निर्माण गरेर बुझाउनेछु ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु