हरिवंश आचार्यको ‘कर्कलो कोक्याउला’को श्रव्यदृश्य सामग्री प्रहरीलाई हस्तान्तरण

म्यूजिक खबर
प्रकाशित: १७ माघ २०७८, सोमबार

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा रहेको गीत ‘कर्कलो कोक्याउला’को श्रव्यदृश्य (अडियोभिडियो) आज प्रहरी प्रधान कार्यालयलाई हस्तान्तरण गरिएको छ । यो गीतको श्रव्यदृश्यलाई शुभमिडिया होम प्रालिले तयार गरेको थियो ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हास्य कलाकार तथा गायक हरिवंश आचार्यले हस्तान्तरण गरेका हुन् । उक्त गीत चेलीबेटी बेचबिखनविरुद्ध सचेतना जगाउने खालको रहेको छ ।

समाजमा चेलीबेटी बेचबिखनका घटनाक्रम बढिरहेको र गरिबी, बेरोजगारीलगायत कारणले चेलीबेटी बेचबिखन भइरहेको छ । त्यसैले समाजमा सचेतना अभिवृद्धि गरी मानव बेचबिखनका घटना रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले उक्त भिडियो सामग्री प्राप्त गरेको हो । उक्त श्रव्यदृश्य सामग्री प्रहरी कार्यालयका विभिन्न कार्यक्रमका साथै समुदाय प्रहरी साझेदारी कार्यक्रममा प्रचारप्रसार गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु