हरि गिरीको शब्द संगीतमा गायक सुशील ज्ञवालीको ‘लजाउँदै लजाउँदै’

म्यूजिक खबर
प्रकाशित: २४ मंसिर २०८०, आईतवार

काठमाडौं । गायक सुशील ज्ञवालीले लजाउँदै लजाउँदै बोलको आफ्नो नविनतम लोकदोहोरी गीत सार्वजनिक गरेका छन् ।
गायक ज्ञवालीले सुशील ज्ञवाली नामक आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको फरक प्याटनको लोकदोहोरी गीत करिब तीन लाख युट्युब प्रयोगकर्ताले हेरिसकेका छन् । मिठो सुनिने लोकदोहोरीमा गायक ज्ञवालीलाई गायनमा गायिका शान्तिश्री परियारले साथ दिएकी छन्। हरि गिरी विमर्शीको शव्द रचना र संगीत तथा एचबिएन किस्मतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ रहेको छ । गीतमाथि रमाइलो ढंगको भिडियो निर्माण गरिएको छ। गम्भिर विष्ट र गीता ढुंगानाले अभिनय र नृत्य गरेको भिडियोको निर्देशन मौसम हिमाली र कोरियोग्राफी गम्भिर विष्टले गरेका छन् भने छायांकन निर्देशन अर्जुन तिवारी तथा सम्पादन र भिएफएक्स मनोज कार्कीको रहेको छ ।

एक दशकदेखि जापानमा बसेर रेष्टुराँ व्यवसायमा संलग्न रहँदै आएका ज्ञवालीले हालै नेपाल आएको मौका पारेर रेकर्ड गरेको गीत म्युजिक भिडियोसहित जापान पुगेर सार्वजनिक गरेका हुन् । नवलपरासीको रजहरका सुशीललाई संगीतको रस यसरी बस्यो कि देश छोडेर विदेशमा बसे पनि झझल्को भने गीतसंगीतकै आउने गर्छ रे । गाउँमै ९÷१० कक्षामा पढ्दादेखि नै स्कुलमा हुने कार्यक्रममा गीत गाउन अघि सर्ने उनी जापानमा हुने सांस्कृतिक कार्यक्रममा पनि गीत गाउन मञ्चमा चढ्छन् ।
२०६४ सालमा पहिलोपटक लोकदोहोरी एल्बम रैछौ चिटिक्कै बजारमा ल्याएर आफूलाई गायकका रूपमा अघि सारेका सुशीलको पहिलो एल्बमकै शीर्ष गीतले बजार पिटेपछि उनलाई यो क्षेत्रमा निरन्तरता दिन सजिलो भएको रहेछ । पहिलो एल्बम र त्यसको गीत चलेपछि सुशीलले लगत्तै २०६५ सालमा दोस्रो एल्बम दाइको साली ल्याएका थिए । त्यसयता तिम्रै बोली सुनेर रोईला, बोलायो मायाले, आमाको बेदना, हाम्रो नवलपरासी, लास्टै मन परेर, चुरिया छ्याई छ्याई, तिम्रै माया लाग्छजस्ता लोक र लोकदोहोरी गीत बजारमा ल्याईसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु