धुम मच्चायाे ‘दाल भात तरकारी’ टिमले (भिडियाे)

म्यूजिक खबर
प्रकाशित: २८ चैत्र २०७५, बिहीबार

मह संचारको व्यानरमा मदनकृष्ण र हरिबंश आचार्यको सहकार्यमा निर्माण भएको सिनेमा ‘दाल भात तरकारी’ आउँदो वर्षको बैशाख २० गतेबाट प्रदर्शनमा आउँदैछ ।‘दाल भात तरकारी यात्रा’ नाम राखिएको टुर विर्तामोडदेखि पोखरासम्म हुनेछ । प्रस्तुतकर्ता किरण केसीका अनुसार, मोफसलका दश शहरमा सिनेमाको कन्सर्ट र पत्रकार भेटघाट कार्यक्रम हुनेछ । मोफसल टुरमा रहेका ‘दाल भात तरकारी यात्रा’ दमकमा हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, विल्सन विक्रम राई,आँचल शर्मा, गायिका जुनु रिजाल रामचन्द्र काफ्लेलगायत सहभागी भएका थिए । हरिवंश आचार्यदे लेखेकाे उक्त चलचित्रमा निरुता सिंह, वर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सन विक्रम राई, यमन श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दाल भात तरकारी’ सुदन केसीले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । हेर्नुहाे दमककाे प्रस्तुती भिडियाेः

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु