हरिबंशकी ‘काउली’ बनिन् शान्तीश्री, प्रियंकासँग प्रकाशको जोडी

म्यूजिक खबर
प्रकाशित: ६ चैत्र २०७९, सोमबार

काठमाडौँ । हाँस्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ‘काउली’ ल्याएका छन् । आचार्यको शब्द, संगीत र स्वर रहेको लोक लयमा आधारित गीतको गायनमा उनलाई लोक गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।

चेलीबेटी बेचबिखनविरुद्ध सन्देश दिने गीतको भिडियोमा आचार्यसँगै प्रियंका कार्की, प्रकाश सपुत, बालकृष्ण ओलीलगायतले अभिनय गरेका छन् ।

गीतको भिडियो भने सरोज ओलीले निर्देशन गरेका हुन् । पारिवारिक जमघट, सांस्कृतिक कार्यक्रम तथा भेलाहरूमा रमाइलो गर्न मिल्ने गीतको एरेन्ज श्यामश्वेत रसाइलीले गरेका हुन् ।

गम्भीर विष्टको कन्सेप्ट तथा कोरियोग्राफीमा तयार भिडियोको सम्पादन भने बनिश शाहले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु