हरिवंश भन्छन् ‘बूढो हुन मन छैन’ हेर्नुहोस भिडियो !

म्यूजिक खबर
प्रकाशित: ३१ असार २०७६, मंगलवार

हाँस्य कलाकार हरिवंश आचार्यले ‘बूढो हुन मन छैन’ गीत सार्वजनिक गरेका छन् । आचार्यले बुढेसकालमा हुने समस्यालाई शब्दमा उतारेर गीत बनाएका हुन् । गीतमा स्वर तथा अभिनय हरिवंशकै छ । उनले सामान्यभन्दा फरक स्वरमा गीत गाएका छन् ।

यो गीतमा बुढेसकालमा कस्ता–कस्ता समस्या आइपर्छन् भन्ने उल्लेख छ । यो गीतमा जीवनको एक अवधिको अवस्था चित्रण गरिएको छ । गीत महसञ्चारको युट्यूब च्यानलबाट सार्वजनिक भएको हो । गीतलाई सुदन केसीले निर्देशन गरेका छन् ।
हरिबंशले यस अघि गाएका गीतहरु सारङ्गी रेटौंला, किलिन्डरले २ रुपैयाँको टिकट काट्दछ निकै चर्चित भएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु