• हरिभक्त, शक्ति र सुमितको अनुरोध ‘आऊ युवाहरु आऊ’

    म्यूजिक खबर
    प्रकाशित: ६ भाद्र २०७७, शनिबार

    काठमाडौं । गीतकार हरिभक्त बुढाथोकी, संगीतकार शक्ति बल्लभ र गायक सुमित खड्काको अनुरोध विदेशिएका युवाहरुलाई आफ्नै देशमा आऊ र कृषिप्रधान देशको परिचयलाई नै स्थापित गरौं भन्ने रहेको छ । यही देशमा कृषि उद्योग चलाऔं, खेती गरौं आत्मनिर्भर देश बनाऔं भन्दै समृद्ध देशको कल्पना गरेका छन् । निर्यातमुखी देश भएका छौं, विदेशिन बाध्य भयौं खेतबारी बाझो भयो अब फर्कनु पर्छ आफ्नै देशमा रोजगारी सिर्जना गर्नुपर्छ भन्ने सन्देशमुलक गीत निर्माण गरेका छन् ।

    गीतकार हरिभक्त बुढाथोकीको राष्ट्रभक्ति भावनाले ओतप्रोत भएको गीतका शब्दलाई संगीतकार शक्ति बल्लभले संगीत दिएका छन् । मनोहर सुनामले संगीत संयोजन गरेका छन् भने सुमित खड्काले स्वर दिएका छन् । यस गीतको रेकर्डिङ तथा मिक्सिङ भोला पौडेलले गरेका छन् । गीतलाई स्टुडियो साउन्ड डिजाइनमा रेकर्ड गरिएको हो ।
    गीतको भिडियोलाई प्रदीप दाहालले निर्देशन गरेका छन् । दिपक जोशीको क्यामेरा रहेको उक्त गीतको भिडियोलाई सदिश जोशीले सम्पादन गरेका छन् । भिडियोमा कृष्ण शिवाकोटी, उमेश खड्का, प्रदीप दाहाल, आनन्द अधिकारी, अन्जु गौतम, मुन प्रसाईंको अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु