गायिका हरिमाया गुरुङलाई गोरखा चेम्बर्सको सम्मान

म्यूजिक खबर
प्रकाशित: १ माघ २०७८, शनिबार

गोरखा । अग्रज गायिका हरिमाया गुरुङलाई गोरखा चेम्बर्स अफ कमर्शले सम्मान गरेको छ । पुष १६ देखि २८ गतेसम्म गोरखामा भएको कृषि तथा व्यापार प्रबद्र्धन मेलाको अन्तिम दिन गायिका गुरुङलाई चेम्बर्सले सम्मान गरेको हो । कार्यक्रममा गोरखा चेम्बर्स अफ कमर्शका अध्यक्ष भाइचन्द्र श्रेष्ठले गायिका गुरुङलाई सम्मान प्रदान गरेका थिए ।
गोरखाको सिरानचोक २ थालाजुङमा जन्मिएकी गायिका गुरुङ ठाडो भाकाको प्रसिद्ध गायिकाको रुपमा परिचित छन् । उनका गोरखा ताकुकोट, डाँडा काँडा स्वामीको रुख, चरी बस्यो, छुट्यो माया लगायत दर्जनौं ठाडो भाका, सालैजो, झ्याउरे गीतहरु चर्चामा छन् । गोरखामा जन्मिएर मुलुकको कला संस्कृतिको क्षेत्रमा योगदान पु¥याएको कारण उनलाई सम्मान प्रदान गरिएको गोरखा चेम्बर्स अफ कमर्शका अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताए । महोसत्सवको समापनको दिन गोरखाली गायिका गुरुङलाई सम्मान गर्न पाएकोमा भाग्यमानी भएको उनले बताए ।

कार्यक्रममा गोरखा सांस्कृतिक समाजका अध्यक्ष सुमन बैरागीले गोरखा चेम्बर्स अफ कमर्शलाई धन्यवाद दिँदै गोरखाली कलाकारलाई गोरखाले माया नगरे अरुले गर्दैनन् त्यसैले घरभित्रबाट नै सम्मानको संस्कार बसाल्नुपर्ने बताए । उनले अब गोरखामा हुने सम्पूर्ण मेला महोत्सवमा गोरखाली कलाकारको ५० प्रतिशत प्रतिनिधित्व गराउँदै लैजानुपर्ने समाजको निर्णय भएको समेत बताए । त्यस्तै जिल्लामा हुने मेला महोत्सवले गीतसंगीतको सार्वजनिक प्रयोग गरेवापत स्रष्टाको रोयल्टी बुझाउन पनि समाजका अध्यक्ष बैरागीले मेला आयोजकलाई आग्रह गरे ।

कार्यक्रममा गायिका हरिमाया गुरुङले आफ्ना केही गीत गाएकी थिइन् भने सोही दिन दर्शकहरुलाई गायक रमेशराज भट्टराई, गायक पशुपति शर्मा, गायिका चिजा तामाङ लगायतले प्रस्तुति दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु